arrow

सिन्ध र बलुचका अधिकारवादीहरु पाकिस्तान विरुद्ध लण्डनमा प्रदर्शन गर्दै

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ ३ बुधबार
london-protest.jpg

काठमाडौं। सिन्ध र बलुच फोरम (एसबीएफ)ले लण्डनको संसद भवन अगाडि प्रदर्शन गर्ने भएको छ। जबरजस्ती अपहरणमा पारिएका पाकिस्तानको सिन्ध र बलुच क्षेत्रका मानिस र उनीहरुको परिवारको न्यायका लागि फोरमले प्रदर्शन गर्ने भएको हो। पाकिस्तानी सिन्ध र बलुचिस्तानमा सैनिक र अन्य आतंकारी समुहहरुले सडकमा हिडिरहेको वा अन्य अवस्थामा मानिसहरुलाई जबरजस्ती अपहरण गरेका घटनाहरु पछिल्लो समय निकै नै बढेका छन्।

नागरिकहरुलाई अपहरण गरेर तिनीहरुले बेपत्ता पारिदिने गर्छन्। पीडित परिवारहरुले जबरजस्ती बेपत्ता पारिएकाहरुलाई फेरि भेट्न पाउँनु त टाढाको कुरा उनीहरुको शव समेत पाउँदैनन् । कसै कसैको शव विछिप्त अवस्थामा कहिले काँही फेला पर्ने गर्छ। पाकिस्तानी सरकारी अधिकारीहरुकै मिलेमतो यस्ता भयानक मानवविरोधी घटना हुने गरेको बलुच अधिकारवादीहरुको भनाई रहँदै आएको छ।

बलुच र सिन्धका कयौं परिवारको शान्तिलाई भंग गरेर जबरजस्ती अपहरणमा पारिएकाहरुको न्यायको माग गर्दै प्रदर्शन गर्ने एसबीएफले जनाएको छ । सिन्ध र बलुचका ५० भन्दा बढी राजनीतिक अधिकारीहरु यसरी जबरजस्ती बेपत्ता गर्ने कार्यमा संलग्न भएको आरोप लागेको छ । त्यहाँ पछिल्लो समय ४० हजारभन्दा बढी नागरिकहरु जबरजस्ती बेपत्ता गरिएका छन्।

अन्तराष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघले अहिलेसम्म त्यसरी बेपत्ता पारिएका परिवारहरुको पीडा सुन्न सकेको छैन्, नत त्यस्ता घटनाहरु कम गराउनका लागि पाकिस्तानी सरकारका अधिकारीहरुलाई संकेत नै गरेको छ।

यसरी बेपत्ता पारिएका परिवारहरुले पाकिस्तानी सरकारमाथिको विश्वास त गुमाएका नै छन्, झन कयौं निर्दाेषहरुले यस्ता घटनाको विरुद्धमा प्रदर्शन गर्दा ज्यान समेत गुमाएका छन्।

जबरजस्ती बेपत्ता पारिएकाहरुको अन्तराष्ट्रिय दिवसका अवसरमा ३० अगस्तका दिन सिन्ध र बलुचको यो पीडालाई सुनाउन आफुहरुले शान्त प्रदर्शन गर्ने उल्लेख गर्दै एसबीएफले बेपत्ता पारिएकाहरुको परिवारको न्याय र पाकिस्तानी अधिकारीहरुलाई यस्ता घटना रोक्न आग्रह गर्दै प्रदर्शन हुने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ