arrow

पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था झन् कमजोर : सैनिक अस्पताल

logo
एएनआई
प्रकाशित २०७७ भदौ ३ बुधबार
pranab_mukherjee_covid_positive.jpeg

नयाँ दिल्ली। भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था ह्रासोन्मुख देखिएको भारतीय राजधानी नयाँ दिल्लीमा रहेको आर्मी रिसर्च एण्ड रिफरल हस्पिटलले जनाएको छ। भारतीय पूर्वराष्ट्रपति मुखर्जी केही समय अघि सो अस्पतालमा भर्ना भएका थिए। उनी अहिले पनि उपचाररत छन्।

तर पछिल्ला केही दिनहरुमा उनको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको उक्त सैनिक जनाएको छ। उक्त अस्पतालले दिएको जानकारीअनुसार बुधबार उहाँलाई फोक्सोमा सङ्क्रमण देखिएको छ। फोक्सोमा देखिएको सङ्क्रमणका कारण उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको सो अस्पतालले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जनाएको छ।

उनलाई अहिले पनि भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। अवस्था झन् कमजोर हुदै गएपछि उनलाई भेन्टिलेटरबाट झिक्ने अवस्था नरहेको पनि सो अस्पतालले जनाएको छ। उनलाई गएको अगष्ट १० मा सो अस्पतालमा भर्ना गरिएको थियो। त्यस लगत्तै उनको मष्तिष्कको शल्यक्रिया गरिएको थियो।

शल्यक्रियाको केही दिनपछि उहाँलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो। त्यसपछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको बताइएको छ। केही दिनमात्र अघि पनि सो अस्पतालले उहाँको स्वास्थ्य अवस्था कमजोर र स्थिर रहेको बताएको थियो।

तर आज बिहान मात्र पनि पूर्वराष्ट्रपति मुखर्जीका छोरा अभिजित मुखर्जीले भने आफ्नो बुबाको स्वास्थ्य अवस्थामा सुधार आएको बताएका थिए। उनले ट्वीट गरेर आफ्नो बुबाको स्वास्थ्य अवस्थामा केही सुधार आएको भन्दै सो अस्पतालका चिकित्सकहरुलाई धन्यवाद दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ