arrow

मालदिभ्समा कोभिडका संक्रमित छ हजार नाघे

logo
एएनआई,
प्रकाशित २०७७ भदौ ३ बुधबार
maldives1.jpg

माले। मालदिभ्समा पनि कोभिड-१९ का सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ। मालदिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा यहाँ सङ्क्रमितहरुको संख्या छ हजार नाघेको छ। दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरु बढेका हुन्।

सो समाचारअनुसार यहाँ कोरोना सङ्क्रमणबाट मारिने व्यक्तिको संख्या २४ पुगेको छ । यहाँका स्थानीय मिडियाले बुधबार सो समाचार दिएका छन्। मालदिभ्सको स्वास्थ्य सुरक्षा निकायका अनुसार मंगलबार मात्र १७० जनामा सङ्क्रमण भएको पाइएको थियो।

स्वास्थ्य अधिकारीहरुले दिएको समाचारमा बुधबार मात्र यहाँ सङ्क्रमण हुने व्यक्तिको संख्या ६ हजार ७९ पुगेको छ। यहाँका सङ्क्रमितमध्ये ३ हजार ४८८ जना संक्रमितहरु निको भएर घर फर्किएका छन्। अहिले पनि २ हजार ४०१ जना भने सङ्क्रमित नै रहेका र उपचार गराइरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ