arrow

भारतमा एकैदिन अहिलेसम्मकै बढी कोरोना भाइरसका संक्रमित, यस्तो छ आँकडा

logo
प्रकाशित २०७७ भदौ ४ बिहिबार
corona-india13.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । बुधबार अहिलेसम्मकै सबैभन्दा बढी ६९ हजार १९६ जना संक्रमित थपिएका छन् । 

अहिलेसम्म कोरोना संक्रमितको संख्या २८ लाख ३५ हजार ८२२ पुगेको छ । हाल ६ लाख ८५ हजार २३१ जना सक्रिय संक्रमित रहेका छन् । 

बुधबार रेकर्ड ५९ हजार ३६५ जनालाई निको भएको छ । अहिलेसम्म २० लाख ९६ हजार ६८ जनालाई निको भएको छ । 

बुधबार ९७९ जनाको ज्यान गएको छ । अहिलेसम्म ज्यान जानेको संख्या ५३ हजार ९९४ पुगेको छ । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा बुधबार १३ हजार १६५ जना संक्रमित थपिँदा ३४६ जनाको ज्यान गएको छ । निको हुनेको संख्या ९ हजार ११ रहेको छ । 

तमिलनाडुमा ५ हजार ७९५ संक्रमित थपिँदा ११६ जनाको ज्यान गयो । राजधानी दिल्लीमा १ हर ३९८ जना संक्रमित थपिँदा ९ जनाको ज्यान गएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ