arrow

जहाज दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु 

logo
प्रकाशित २०७७ भदौ ४ बिहिबार
libya-migrant-boat.jpg

काठमाडौं । लिबियामा भएको पानी जहाज दुर्घटनामा कम्तीमा ४५ जनाको ज्यान गएको छ । ज्यान जानेमा पाँच बालबालिका सहित ४५ जना भन्दा बढी आप्रवासी र शरणार्थीहरु रहेको बीबीसीले लेखेको छ । 

संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीका अनुसार यस वर्ष लिबियामा भएको सबैभन्दा भयानक दुर्घटनामा ती व्यक्ति मारिएका हुन् ।

उनीहरु सवार पानी जहाज सामुद्रिक ज्वारभाटाका कारण ज्वाराको किनारामा बिस्फोट भएको थियो ।

जहाजमा सवारमध्ये ३७ जनाको स्थानीय माझीहरुले जिवितै उद्दार गरेका थिए । 

संयुक्त राष्ट्रसंघीय मानवअधिकार निकाय र आप्रवासी कामदारहरुको पक्षमा काम गर्ने संस्था आईओएमले हराइरहेकाहरुको खोजी कार्यलाई तीव्र पार्न आग्रह गरेका छन् ।

यो वर्षमात्रै ३ सय भन्दा बढी मानिसको लिबियाबाटभ युरोप छिर्ने क्रममा ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ