arrow

भगवान श्रीकृष्णलाई बारमा अर्धनग्न युवतीहरुसँग राखेको चित्रको प्रसङग फेरि उठ्यो

ईस्कोनले गरेको कार्वाहीको मागमा आसाम सरकारले कार्वाही भएको जवाफ

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ ४ बिहिबार
Akram-Hussains-ShreeKrishna.jpg

काठमाडौं। कृष्ण भगवानको जनचेतनाका लागि अन्तराष्ट्रिय समुदाय (ईस्कोन)ले श्रीकृष्ण भगवानको चित्रको दुरुपयोग गर्ने आसामका चित्रकार अक्राम हुसेनलाई कार्वाहीको माग गर्दै आवाज उठाएको छ ।

भगवान कृष्णलाई बिकिनी लगाएका (अर्धनग्न) युवतीहरुसँग बारमा रोमान्स गरिरहेको अवस्थाको चित्र कोर्ने हुसेनमाथि कारबाहीका लागि ईस्कोनले माग गरेको हो ।

हुसेनले बनाएको सो चित्र धार्मिक आस्थाविरुद्ध रेहेको भन्दै कडा कारवाही गर्नका लागि आसामका मुख्य मन्त्री सर्बन्ध सर्वानन्द सानोवाल, राज्यको स्वास्थ्य र शिक्षामन्त्री हिमन विश्व शर्मालाई आग्रह गरिएको हो । भगवान बिष्णुको आठौं अवतारका रुपमा मानिने कृष्ण हिन्दु धर्मकै उच्च सम्मानित भगवान हुन् ।

यसरी बिकिनी पोशाक लगाएका युवतीहरुलाई गोपिनीहरुको रुपमा चित्रित गरेर उनीहरुसँगै भगवान श्रीकृष्णलाई राखेर समग्र धार्मिक आस्था र विश्वासमाथि प्रहार र अवमूल्यन गरिएपछि हिन्दु धर्मालम्वीहरुमाथि क्रोध उत्पन्न गराएको छ ।

इन्टरनेटमा हिन्दु समुदायहरुले हुसेनको यो चित्रलाई केहिदिन अघि मुम्बईमा विवादास्पद मानिएको प्रोफेट मुहम्मदका विषयमा लेखिएको फेसबुक पोष्ट जस्तै भएको टिप्पणी गरेका छन् ।

इस्लामका संस्थापक मुहम्मदका विषयमा विवादास्पद पोष्ट गरिएको भन्दै केहि दिन अघि मुस्लिम समुदायले भारतको बेंगलुरुमा भयंकर दंगा मच्चाएका थिए । उक्त प्रदर्शनमा ३ भन्दा बढीले ज्यान गुमाएका थिए भने करोडौंको क्षति भएको थियो ।

भारतमा यो चित्रले अहिले विवाद पैदा गरेको छ । हिन्दु समुदायका इन्टरनेट प्रयोगकर्ताहरुले यदि हामीले पनि मुस्लिम समुदायको जस्तै कदम चालेमा बंगलुरुमा भएको भन्दा खतरनाक हिंसा हुनसक्ने भन्दे चेतावनी दिएका छन् ।

यद्यपी हुसेनविरुद्ध यो पहिलोपटक आवाज उठाइएको भने हैन् । सन् २०१५ मै हिन्दु समुदाय र हिन्दु जागरण मञ्चले लतासिल पुलिस स्टेसन गुवाहाटीमा एफआइआर दर्ता गरेको थियो । सन् २०१५ मा अक्राम हुसेनले कोरेको यो चित्र आसामको राज्य आर्ट ग्यालरीमा प्रदर्शन भएको थियो ।

अल इन्डिया पेट्रोइटिक फोरमले कलात्मक स्वतन्त्रताको नाममा धार्मिक सहिष्णुतामाथि खेलेको भन्दै हुसेविरुद्ध कारवाहीका लागि आवाज उठाएको थियो ।

चित्रको संस्थागत बिरोध जनाउने ईस्कोनलाई प्रतिकृया दिँदै आसामका मन्त्री हिमान्नता बिश्वाले यो मुद्दामाथि कारवाही भइसकेको बताएकी छन् । अहिले आर्ट ग्यालरीमा चित्र नरहेको र त्यसलाई यसअघि नै ग्यालरीबाट हटाइसकेको मन्त्री बिश्वाले ट्विटरमा पोष्ट गर्दै उल्लेख गरेकी छिन् ।

गुवाहाटी प्रहरीले पनि केस नम्बर १२७ को १५ अन्तर्गत अक्राम हुसेनविरुद्ध मुद्धा दर्ता भएको यो मुद्दाको छिनोफानो भइसकेको जनाएको छ । अहिले बिकीनी लगाएका युवतीहरुसँग बारमा रहेका श्रीकृष्ण भगवानको आर्ट कुनै पनि आर्ट ग्यालरीमा प्रदर्शनका लागि नराखिएको प्रहरीले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ