arrow

कोरियामा माहामारीका रुपमा फैलिएको कोरोना, भीडभाड र सार्वजनिक कार्यक्रममा प्रतिबन्ध

logo
प्रकाशित २०७७ भदौ ४ बिहिबार
korea-south--coronavirus-job.jpg

सोल । कोरियामा कोभिड–१९ को संक्रमण पछिल्लो समय  पुनः देखा परेको छ । लगभग नियन्त्रणमा आइसकेको कोरोना यस पटक राजधानी सोल तथा आसपासका क्षेत्रमा माहामारीका रुपमा  फैलिएको छ । जनस्वास्थ्यविद्ले संक्रमण नियन्त्रण बाहिर जानसक्ने जनाएका छन् ।
 
कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार सोल लगायत आसपासका शहर इन्छन र ख्याङ्गिदोमा कोरोना फैलिएको छ । यसका कारण कुनै एक शहर मात्र सिल गरेर नियन्त्रण गर्न सकिने अवस्था नरहेको जनाइएको छ । विशेष गरी  सभा र्‍यालि, रेष्टुरेन्ट तथा सार्वजनिक चाप बढी हुने स्थानबाट भाइरस संक्रमण फैलिएको हो । 
    
हाल कोरिया सरकारले चर्चका सम्पूर्ण कार्यक्रमहरूमा रोक लगाएको छ ।  साथै भीडभाड र सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाउनुका साथै सामाजिक दूरीलाई थप कडा परेको छ । कोरियामा कोरोना संक्रमितको सङ्ख्या १५ हजार ७६१ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ