arrow

चीन भारतको सीमामा सैन्य ताकत बढाउँदै, पाकिस्तानी सेनालाई हतियार बेच्दै

logo
प्रकाशित २०७७ भदौ ४ बिहिबार
india-china1.jpg

काठमाडौं । चीनले भारतका बिरुद्ध दोहोरो रणनीति अपनाएको छ । चीनले तिब्बतको उचाइको इलाकामा तोप र सैनिक तैनाथ गरेको छ भने अर्कातिर पाकिस्तानलाई हतियार बेचेर पाकिस्तानको ताकत बढाएको छ। 

चीनले जुलाई अन्त्यतिर चीनको तिब्बतस्थित ४ हजार ६ सय उचाइमा तोपसहित सैनिकहरुको तैनाथी गरेको हो । 

भारत र चीनबीच विवाद जारी रहँदा कुटनीतिक पहल गर्नुको सट्टा चीनले सैन्य शक्ति बढाएको हो । त्यसैगरी भारतलाई भड्काउन पाकिस्तानलाई समेत हतियार बेचेर चीनले दवावमा राखेको हो । 

चीनले भारतसंग लद्दाखमा विवाद उब्जाएको छ । त्यतिमात्र हैन उक्त समयमा झुक्याएर चीनले भारतीय ठूलो संख्यामा सैनिकको हत्या गरेको थियो । 

अर्कातिर चीनले पाकिस्तानलाई अत्याधुनिक हतियार बेचेको छ । पाकिस्तानको सैन्य क्षमता बढाएको छ । कथंकदाचित भारत र चीनबीच कुनै आक्रमण भयो भने पाकिस्तानले पनि भारत विरुद्ध जोडतोडले आक्रमण गर्नेमा चीन विश्वस्त छ । 

खुफिया सूत्रलाई हवाला दिँदै अन्तर्राष्ट्रिय एक संचारमाध्यमले लेखे अनुसार पाकिस्तानले चीनबाट मिडियम रेन्ज, लामो समयसम्म चल्ने मानवरहित एरियल ह्विकल सीएच–४ किन्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ