arrow

कोरोनाको दोस्रो ठुलो देशमा ३४ लाख बढी संक्रमित , १ लाख ११ हजारको मृत्यु

logo
एएनआई,
प्रकाशित २०७७ भदौ ४ बिहिबार
corona-brazil.jpg

ब्रासिलिया । कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा निकै ठूलो संख्यामा संक्रमितहरु भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र ४९ हजार जना संक्रमित भेटिएका हुन् ।

त्यसैगरी यहाँ गएको २४ घन्टामा एक हजार बढीको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ १ हजार २०० जनाको गएको २४ घन्टामा नै निधन भएको हो ।

यहाँ यति ठूलो संख्यामा नागरिकहरु संक्रमित हुन पुगेका ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार जना नयाँ संङ्क्रमित थपिएसँगै यहाँ संक्रमितको संख्या पनि निकै बढेको छ ।

यहाँ अघिल्लो दिनको तुलनामा संक्रमितको संख्या निकै नै बढेको हो । प्राप्त समाचारमा अघिल्लो दिन ४७ हजार जनामा संक्रमण देखिएकोमा २४ घन्टायता त्यो २ हजारले बढेर ४९ हजार पुगेको हो ।

अहिलेसम्म यहाँका संक्रमितको संख्या ३४ लाख ५६ हजार जना पुगेको बताइएको छ । यहाँका २६ लाखभन्दा  बढी नागरिक भने निको भएर घर फर्र्किएका छन् ।
योसँगै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ११ हजारभन्दा बढी पगेको बताइएको छ । यस संक्रमणबाट विश्वमा २ करोड २६ भन्दा बढी नागरिक संक्रमित भएका छन् भने ७ लाख ९१ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ