arrow

भारतमा एकैदिन सबैभन्दा बढी कोरोना भाइरसका संक्रमितलाई निको 

logo
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
corona-india-public.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित दिनानुदिन बढिरहेका छन् । केही दिनदेखि लगातार ६८ हजार बढी संक्रमित थपिँदै गएका छन् । 

बुधबार अहिलेसम्मकै सबैभन्दा बढी ६९ हजार १९६ जना संक्रमित थपिएका थिए । बिहीबार ६८ हजार ५०७ जना थपिएका छन् । 

अहिलेसम्म कोरोना संक्रमितको संख्या २९ लाख ४ हजार ३२९ पुगेको छ । हाल ६ लाख ९० हजार ८८४ जना सक्रिय संक्रमित रहेका छन् । 

बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ६१ हजार ८७३ जनालाई निको भएको छ । यसअघि बुधबार रेकर्ड ५९ हजार ३६५ जनालाई निको भएको थियो । अहिलेसम्म २१ लाख ५७ हजार ९४१ जनालाई निको भएको छ । 

बिहीबार ९८१ जनाको ज्यान गएको छ । बुधबार ९७९ जनाको ज्यान गएको थिथो । अहिलेसम्म ज्यान जानेको संख्या ५४ हजार ९७५ पुगेको छ । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा बिहीबार १४ हजार ६४७ जना संक्रमित थपिँदा ३२६ जनाको ज्यान गएको छ । निको हुनेको संख्या १२ हजार २४३ रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ