arrow

अमेरिकी राष्ट्रपतिका डेमोक्रेट उमेद्वार बाइडेनको दक्षिण एशिया नीति, सीमापार आतंकवाद सह्य हुँदैन

अमेरिका र भारत 'नेचुरल पार्टनर'

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
joe-biden.jpg

वाशिङ्टन । अमेरिकी राष्ट्रपतिका डेमोक्रेट उम्मेदवार जो बाइडेनले दक्षिण एशियामा सीमापार आतंकवाद सह्य नहुने बताएका छन् । आफ्नो चुनावी अभियानका क्रममा बोल्दै बाइडेनले दक्षिण एसियामा सीमापार आतंकवाद सह्य नहुने बताएका हुन् । 

बाइडेनले आफ्नो प्रशासनको नीति कस्तो हुने भन्‍ने प्रतिवेदन सार्वजनिक गरेका छन् । उक्त प्रतिवेदन अनुसार नीतिमा आधारित इन्डो-प्यासिफिक क्षेत्रको स्थायीत्वका लागि भारतसँग मिलेर काम गर्ने उल्लेख छ । आफ्नो प्रशासनको उच्च प्राथमिकतामा अमेरिका-भारत सम्बन्ध रहेको उनले प्रष्ट पारेका हुन् । 

पछिल्लो समय इन्डो-प्यासिफिक क्षेत्रका लागि चीन निकै चुनौती बनेको छ । बाइडेनले अमेरिका र भारत 'नेचुरल पार्टनर' भएको बताएका छन् । 

"भारत-अमेरिकाको सहयोग बिना कुनै पनि विश्वव्यापी समस्या समाधान हुनसक्दैन," बाइडेनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ