arrow

भारतले शिख समुदायलाई ल्याएको कल्याणकारी नीतिले पाकिस्तानलाई झट्का

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
sikh.jpeg

नयाँ दिल्ली । शिख समुदायको हितका लागि भारत सरकारको ल्याएको सक्रिय कल्याणकारी नीतिहरुले पाकिस्तानलाई ठूलो झट्‌का लागेको छ ।

फलस्वरूप, पाकिस्तानी जासुसी संगठन आईएसआईले शिख फर जस्टिस (एसएफजे) जस्ता प्रोक्सी संगठनहरूलाई परिचालित गरि प्रवासमा रहेका शिख समुदायहरुका बारेमा भारतविरुद्ध प्रचार प्रसार गर्न दबाब दिएको भारतीय मिडियाहरुमा उल्लेख छ । यस विषयमा आईएसआईको गलत प्रयास र यसका प्रोक्सी प्रयासहरू पूर्ण असफल सावित भएपछि पाकिस्तानलाई निराशा मात्र हात परेको पनि मिडिया रिपोर्टहरुमा बताइएको छ ।

दशकौंदेखि पाकिस्तानले शिख प्रवासीहरूको बीचमा खालिस्तानी अलगाववादलाई बढावा दिने र सीमापार तस्करी, नक्कली नोट र्‍याकेट र लागू औषधको संजालमार्फत पञ्‍जाबमा अपराध र आतंकलाई प्रायोजित गर्ने दुई सुत्रीय एजेन्डामा काम गरिरहेको आरोप भारतीय मिडियाले लगाउँदै आएका छन्। 

“पाकिस्तानको सबैभन्दा सफल प्रयास भनेको लागुऔषधको ओसारपसार हो, जसले पञ्‍जाबलाई समाप्त पार्दै गएको छ र आतंकवादी नेक्ससलाई थप रकम जुटाउन ठूलो आम्दानीको स्रोत बनिरहेको  छ । यद्यपि शिख समुदायमा चेतनाको वृद्धि भएको छ र खालिस्तानी सेनाहरू पाकिस्तानी समर्थनलाई रोक्नको लागि थप विकृतीतर्फ गइरहेको छ," केन्द्रीय सुरक्षा प्रतिष्ठानमा कार्यरत एक वरिष्ठ सुरक्षा अधिकारीले भारतीय मिडियामा बताएका छन् ।

"भारत सरकारले लिएको नीतिगत निर्णयले खालिस्तानको योजनाहरू कार्यान्वयन गर्न पाकिस्तानको आईएसआईलाई समस्या भइरहेको छ," रणनीतिक मामिलाका विज्ञहरू बताउँछन्।

“पाकिस्तानको खालिस्तान परियोजना ढिलो भइरहेको छ र निराश आईएसआईले पञ्‍जाबमा लागुपदार्थको दुर्व्यसनलाई बढावा दिन आफ्नो प्रयासलाई अझ तीव्र पार्न सक्छ । यद्यपि, समय परिवर्तन भएको छ र पाकिस्तानमा अल्पसंख्यकहरूमाथिको बढ्दो अत्याचारको पृष्ठभूमिमा शिख समुदायले भारत शिखहरुको पुर्खाको घर हो भनेर बुझेको छ । त्यसकारण, पाकिस्तानले यो महसुस गर्नुपर्दछ कि पुरानो योजनाहरू अब व्यावहारिक छैनन् र त्यस्ता कुनै एजेन्डालाई पञ्‍जाबका मानिसहरूले पराजित गर्नेछन्,” ती सुरक्षा अधिकारीले मिडियालाई बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ