arrow

भारतसंगको एलएसीमा चीनले बनायो पक्की आश्रय

logo
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
india-china1.jpg

काठमाडौं । पछिल्लो समय भारत र चीनबीच सीमाको विषयलाई लिएर तनाव बढ्दै गएको छ । तनावका बीच लाइन अफ एक्चुअल कन्ट्रोलमा चीनले सात स्थानमा पक्की आश्रय स्थल बनाएको छ । 

भारतीय एजेन्सीले पिपुल्स लिबरेशन आर्मीको एयरफोर्सले एलएसीको सात एयरबेसमा लगाएको विशेष नजरमा उक्त खुलासा भएको हो । 

एलएसीको अर्कोतर्फ लद्दाखबाट अरुणाचल प्रदेशसम्म चिनियाँ नयाँ एयरबेस हाल निकै सक्रिय रहेको बताइएको छ । 

समाचार एजेन्सी एएनआईको सरकारी सूत्रलाई उधृत गर्दै लेखिए अनुसार एयरबेसमा चीनले पक्की आश्रयस्थल बनाएको छ । 

त्यहाँ रनवेको लम्बाई पनि बढाइएको छ । त्यस्तै अतिरिक्त सैन्यशक्तिसमेत खटाइएको जनाइएको छ । 

चीनको सात एयरबेस होतान, गारगुन्सा, काशघार, हपिङ, धोनका जोंग, लिंझी र पेनगेटमा भारतले विशेष निगरानी गरिरहेको बताइन्छ । 

उत्तरपूर्वको लिन्झी एयरबेसमा एक हेलिकोप्टर एयर बेस रहेको छ । त्यहाँ पीएलएएएफले हेलिप्याडको नेटवर्कसमेत विकास गरेको बताइएको छ । ताकि उक्त इलाकामा निगरानीका लागि अपरेशन बढाउन सकियोस् । 

सूत्रलाई हवाला दिँदै बताइए अनुसार लद्दाख क्षेत्र र अन्य महत्वपूर्ण इलाकामा चीनले आफ्नो एयर बेसमा सुखोइ–३०, जे सिरिजको फाइटर जेट, बम्बर प्लेन समेत तयार गरी राखेको छ । 

तर चिनियाँ यी लडाकु विमानभन्दा भारतीय फाइटर जेड शक्तिशाली रहेको भारतीय दावी छ । भारतले उक्त क्षेत्रमा सुखोइ–३० एमकेआई, मिग–२९ र मिराज–२००० जस्ता फाइटर जेट तैनाथ गरी राखेको बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ