arrow

 भारतमा ६७ हजार थपिए, ७४ प्रतिशत फर्किए संक्रमित

logo
पिटिआई,
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
corona-india-test1.jpg

नयाँदिल्ली ।  भारतका कोरोनाभाइरसबाट संक्रमित भएकाहरुमध्ये ७४ प्रतिशतभन्दा बढी संक्रमणमुक्त भएको पाइएको छ । 

भारतमा अहिलेसम्म कुल २९ लाखभन्दा बढी संक्रमित भएका छन् । तीमध्ये झण्डै ६७ हजार जना पछिल्लो २४ घण्टामा थपिएका हुन् ।   

कुल संक्रमितमध्ये २१ लाख ५८ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् । शुक्रबारसम्मको तथ्यांक अनुसार कुल संक्रमणमुक्त भएकाहरुको अनुपात ७४ प्रतिशत रहेको छ । 

भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुमध्ये अहिलेसम्म ५४ हजार ८७९ जनाको मृत्यु भएको छ । तीमध्ये ९८३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार मृत्यु भएकाहरुको अनुपात १.८९ रहेका बेला संक्रमणमुक्त भएकाहरुको अनुपात भने ७४.३० रहेको छ । 

भारतमा अहिले छ लाख ९२ हजार २६ जना संक्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म तीन करोड ३४ लाख ६७ हजार २३७ जनाको कोरोना परीक्षण गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ