arrow

हङकङमा मिडियामाथि चिनियाँ हस्क्षेपविरुद्ध आइएफजेको अभियान

हङकङको प्रेसको पक्षमा प्रेस तथा मानवअधिकारसम्वन्धि विश्वस्तरीय संस्थाहरु पनि जोडिए

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
IFJ-1.jpeg

काठमाडौं। यो हप्ता अन्तराष्ट्रिय पत्रकार महासंघ(आइएफजे)ले हङकङ र चिनियाँ अधिकारीहरुलाई लोकतन्त्रको सम्मान गर्न र प्रेस स्वतन्त्रता कायम राख्न विज्ञप्ती जारी गर्दै आह्वान गरेका छन् ।

आइएफजेमा आवद्ध एसिया प्यासिफिक क्षेत्रका संस्थाहरु, मिडिया युनियन, प्रेस स्वतन्त्रता र मानव अधिकारवादी संगठनहरुले संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।

यसै वर्ष (सन् २०२०)को जुन ३०मा चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागु गरेको थियो । यसले पत्रकारहरुलाई समेत लक्षित गरेको भन्दै संगठनहरुले प्रेस स्वतन्त्रताको आह्वान गरेका हुन् ।

सुरक्षा कानुनले हङकङको प्रेस स्वतन्त्रतामाथि गम्भिर हस्तक्षेप र डर देखिएको छ । अन्तराष्ट्रिय पत्रकार महासंघले यसरी प्रेस स्वतन्त्रतामाथि आएको गम्भिर असुरक्षाको घोर निन्दा गरेको छ । आइएफजेले जारी गरेको यो विज्ञप्तीमा एसिया प्यासिफिकका २० मिडियाहरुले हस्ताक्षर गरेका छन् ।

“प्रेस स्वतन्त्रता, निष्पक्ष मिडिया र प्रजातन्त्रविरुद्धको खतराले प्रजातन्त्रमा मात्रै क्षति पुर्याउँदैन्, यसले हङकङमाथिको विश्व दृष्लिाई नै परिवर्तन गरिदिनेछ । पत्रकारिता कुनै अपराध हैन र सरोकारवाला अधिकारीहरुले यहाँ प्रेस स्वतन्त्रता र पत्रकारको अधिकारको संरक्षण गर्नैपर्छ” विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै पत्रकार स्वतन्त्राका लागि गठित समुह (एजेएफ), कानुन र लोकतन्त्र केन्द्र (सीएलडी), पत्रकार संरक्षक समुह (सीपीजे), स्वतन्त्रता हाउस (आइएफईएक्स) र रिपोटर्स विदआउट बोर्डर (आरएसएफ)ले पत्रकार स्वतन्त्रताका लागि अर्काे विज्ञप्ती जारी गरेका छन् ।

“हङकङ लामो समयदेखि एक ग्लोबल इकोनोमिक हब र जीवन्त राजनीतिक र लोकतान्त्रिक ठाउँका रुपमा स्वतन्त्र र निष्पक्षीय मिडियाहरुबाट सम्मानित रहेको छ, यद्यपी नयाँ राष्ट्रिय सुरक्षा कानुनले मौलिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतामा गम्भिर गिरावट ल्याएको छ ।”

हङकङमा कुनै पनि आपराधिक क्रियाकलापमा संलग्न हुनेलाई आजिवन कारागारको सजाय नयाँ सुरक्षा कानुनले तोकेको छ । यद्यपी पत्रकारका हकमा यो कानुन कसरी लागु हुन्छ भन्ने कुरा स्पष्ट छैन् । कस्ता अपराधमाथि र कसरी कानुन लागु हुनेछ भन्ने कुरा स्पष्ट रुपमा हङकङकी प्रमुख क्यारी लामले समेत बताएकी छैनन् ।

सुरक्षा कानुन लागु भएदेखि हालसम्म थुप्रै पत्रकार र लोकतन्त्र समर्थन गर्नेहरुलाई पक्राउ गरिएको छ । एप्पल डेलीका जिम्मी ली, लोकतन्त्र समर्थक कार्यकर्ता र राजनीतिज्ञ एग्नेस चाउ र अर्का कार्यकर्ता विल्सन ली र एंडी लीलगायतलाई पक्राउ गरिएको छ ।

“हङकङमा प्रेस स्वतन्त्रता मात्रै हैन् हरेक नागरिकको सुरक्षा खतरा बढेको छ ।" संयुक्तरुपमा जारी विज्ञप्तीमा भनिएको छ, "अधिकारीहरुलाई प्रजातन्त्रको सम्मान गर्न र मानअधिकार विरोधी कार्य रोक्न आग्रह गर्दछ । नभए सुरक्षा कानुनले मिडियामात्रै हैन्, हङकङको नागरिक सुरक्षाकै हकमा समेत क्षति पुर्याउने छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ