arrow

म्यानमारमा आईएसआईको सहयोगमा आतंकवादी संगठन एआरएसए सक्रिय, बंगलादेश र भारत संयुक्त प्रतिरोध गर्दै 

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
rohingya-refugees.jpg

नयाँ दल्ली । बंगलादेश-वर्मा सीमा क्षेत्रमा अरकन रोहिंग्या साल्भेसन आर्मी (एआरएसए) फेरि सक्रिय भएको छ । उक्त क्षेत्रमा पछिल्लो समय आतंकवादी गतिविधि बढ्दै गएका छन् । 

एक जर्मन समाचार संस्थाका अनुसार बंगलादेशस्थित कोक्स बजारको रोहिंग्या शरणार्थी शिविरमा लागुऔषधको कारोबार र आपराधिक गतिविधिहरु बढाउन ती आतंकवादी समूहहरु सक्रिय भएका छन् । 

बंगलादेश र वर्मामा पाकिस्तानले अराजकताको स्थिति सिर्जना गर्ने प्रयासले बंगलादेश-भारतले संयुक्त रुपमा प्रतिरोध गर्ने काम गरिरहेका छन् । 

जनवरीमा, कोक्स बजारको शिविरमा बंगलादेशस्थित जमात-उल-मुजाहिदीन बंगलादेश (जेएमबी) द्वारा करिब ४० रोहिंग्यालाई प्रशिक्षण दिएको खबर प्राप्त भएको थियो । 

बंगलादेशमा आधिकारिक रूपमा आतंकवादी समूहका रूपमा मान्यता प्राप्त जेएमबीले २०१६ मा ढाकाको कूटनीतिक क्षेत्र नजिकै रहेको होली आर्टीसन कफी पसलमा आक्रमण गरेको थियो र २२ व्यक्तिको मृत्यु भएको थियो । सो आक्रमणमा  मारिएका धेरैजसो विदेशीहरू थिए ।

ती अतिवादी समूहले उक्त शिविर कब्जा गर्ने र गैरकानुनी गतिविधि सञ्‍चालन गर्ने प्रयास गरिरहेको मिडिया रिपोर्टमा जनाइएको छ । 

उक्त समूहलाई पाकिस्तानी गुप्तचर संस्था आईएसआईले सहयोग गरिरहेको बंगलवादेशी सुरक्षा एजेन्सीहरुको दावी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ