arrow

कोरियामा थप सङ्क्रमितको सङ्ख्या बढेपछि सयौँ विद्यालयहरू बन्द

logo
योन्हाप,
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
corona-virus-china-us-korea.jpg

सियोल। कोरोनाभाइरसको सङ्क्रमण शुक्रबार पाँच महिनाको उच्च स्तरमा पुगेपछि देशभरका ८४९ विद्यालयहरू बन्द भएका छन्। महामारीका कारण यस पहिले ८३८ विद्यालय बन्द भएका भएपछि कोरोनाभाइरस नियन्त्रणतर्फ गएको भनी लगभग सबै विद्यालयमा पुनः पठनपाठन गत मे २० देखि सञ्चालन गरिएको दक्षिण कोरियाको शिक्षा मन्त्रालयले ताएको छ।

पछिल्ला केही हप्ता यता सङ्क्रमण दर बढेसँगै विद्यालयहरूमा विद्यार्थी आउन कम भएको थियो । यसै परिवेशलाई ध्यानमा राख्दै ती विद्यालयहरू अर्को सूचना नभएसम्मका लागि बन्द भएका हुन् ।
 
सारङजेल चर्च रहेको सियोलको उत्तरी क्षेत्र सिअनबुकमा मात्र करिब ८० विद्यालय बन्द भएका छन् । त्यस्तै गाङबुकमा ४० विद्यालयहरू बन्द भएका छन् । उक्त चर्च वरपरका क्षेत्रमा शुक्रबारसम्म सङ्क्रमित हुनेको सङ्ख्या ७३२ पुगेको र सावधानीका लागि विद्यालयहरू बन्द गरिएको बताइएको छ ।। 

दक्षिण कोरियाको गेओङजी प्रान्तको योङ्जिन र पाजु तथा बन्दरगाह शहर बुसनमा पनि सङ्क्रमण नियन्त्रणका उपायस्वरूप विद्यालयहरू बन्द भएका छन्। सियोलमा २४ घण्टाको अन्तरालमा बुधबार सात विद्यार्थी तथा तीन शिक्षक गरी १० व्यक्ति सङ्क्रमित बनेपछि सङ्क्रमण फैलिएका शहर तथा गाउमासमेत विद्यालयहरू बन्द हुन थालेका हुन् । 

दक्षिण कोरियामा विगत २४ घण्टामा थप ३२४ सङ्क्रमित भएका पुष्टि भएको छ ।  लगातार आठौँ दिन सङ्क्रमितको सङ्ख्या तीन अङ्क देखिएको हो । गत मार्च ८ पछि पहिलो पटक ३०० भन्दा बढी व्यक्ति सङ्क्रमित भएपछि सरकारले नियन्त्रणका थप उपायहरूलाई ल्याएको बताइएको छ ।

दक्षिण कोरियामा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १६ हजार ६७० रहेको छ भने ३०९ सङ्क्रमितको मृत्यु भएको छ । चीनको वुहानबाट सङ्क्रमण फैलिएपछि यसको प्रभाव दक्षिण कोरिया तथा जापानमा देखिएको भएपनि पहिलो चरणमा यसलाई नियन्त्रण गर्न ती दुबै एशियाली मुलुकहरू सफल भएका थिए । तर सङ्क्रमण पुनः देखिन थालेपछि दुबै मुलुकले उपचारको साथसाथै रोकथामका कडा उपायहरूलाई अवलम्वन गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ