arrow

एकैदिन बढे दुई लाख ४८ हजार कोरोना संक्रमित, कहाँ कति ? 

logo
प्रकाशित २०७७ भदौ ६ शनिबार
racial-unjustice.jpg

काठमाडौं । शुक्रबार एकैदिन २ लाख ४८ हजार १८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सबैभन्दा बढी भारतमा ६९ हजार ३९ जना थपिए । अमेरिकामा ५० हजार ४५५, ब्रजिलमा ३१ हजार ३९१, रुसमा ४ हजार ८७०, दक्षिण अफ्रिकामा ३ हजार ३९८, मेक्सिकोमा ६ हजार ७७५, कोलम्बियामा ८ हजार ४१९, स्पेनमा ३ हजार ६५० जना थपिएका छन् । 

अहिलेसम्मका संक्रमित कहाँ कति ? 
अमेरिकामा ५७ लाख ९६ हजार ७२७, ब्रजिलमा ३५ लाख ३६ हजार ४८८, भारतमा २९ लाख ७३ हजार ३६८, रुसमा ९ लाख ४६ हजार ९७६, दक्षिण अफ्रिकामा ६ लाख ३ हजार ३३८, पेरुमा ५ लाख ६७ हजार ५९, मेक्सिकोमा ५ लाख ४३ हजार ८०६, कोलम्बियामा ५ लाख २२ हजार १३८, स्पेनमा ४ लाख ७ हजार ८७९, चिलीमा ३ लाख ९३ हजार ७६९, इरानमा ३ लाख ५४ हजार ७६४, अर्जेन्टिनामा ३ लाख २९ हजार ४३, बेलायतमा ३ लाख २३ हजार ३१३ तथा साउदी अरेबियामा ३ लाख ५ हजार १८६ जना संक्रमित भएका छन् । 

मृतक 
शुक्रबार ५ हजार ८२७ जनाको ज्यान गएको छ । अमेरिकामा १ हजार १७० जना थपिएर १ लाख ७९ हजार २०० जना पुगेका छन् । 

ब्रजिलमा १ हजार ३१ थपिएर १ लाख १३ हजार ४५४ जना पुगेका छन् । भारतमा ९५३ थपिएर ५५ हजार ९२८ पुगेका छन् । 

रुसमा ९० थपिएर १६ हजार १८९ पुगेका छन् । 

दक्षिण अफ्रिकामा २२५ थपिएर १२ हजार ८४३ पुगेका छन् । मेक्सिकोमा ६२५ थपिएर ५९ हजार १०६ पुगेका छन् । 

कोलम्बियामा ३८५ थपिएर १६ हजार ५६८ पुगेका छन् । स्पेनमा २५ थपिएर २८ हजार ८३८ पुगेका छन् । इरानमा ११२ थपिएर २० हजार ३७६ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ