arrow

महात्मा गान्धीको पहिलो चश्मा साढे २ करोड ५५ लाख भारूमा बिक्री

logo
बीबीसी,
प्रकाशित २०७७ भदौ ६ शनिबार
gandi-mahatma-india-glass.jpg

काठमाडौं। इस्ट ब्रिस्टलमा यहि अगस्ट ३ मा भएको एक लिलामीमा महात्मा गान्धीले लगाएको पहिलो चश्मा बिक्री भएको छ। सानो खाममा फेला परेको माहात्मा गान्धीले प्रयोग गर्ने गरेको सम्भवतः पहिलो चश्मा एक अमेरिकी संकलकले भारू २ करोड ५५ लाखमा किनेका हुन्।

लिलामी एजेन्सीका एन्ड्रयू स्टोका अनुसार चश्माको लिलामीबाट १४ लाख बढी रकम प्राप्त गर्ने आशा राखिएको थियो। तर सोचेभन्दा बढी मोलमा उक्त चश्मा बिक्री भयो। उक्त एजेन्सीका मालिक म्यानगाट्सफिल्डले लिलामीबाट प्राप्त रकम आफ्नी छोरीसँग बाँड्ने बताएका छन्।

लिलामीकर्ताका अनुसार करिब ५० वर्षसम्म यो चश्मा यत्तिकै दराजमा थन्किएको थियो। बिबिसीका अनुसार गान्धीलाई उक्त चश्मा उनी दक्षिण अफ्रिकामा कार्यरत रहँदा उनका काकाले दिएका थिए।

यसको अनुसन्धानबाट गान्धीले चश्मा लगाएको समय र अन्य प्रमाणका आधारमा यो गान्धीकै पहिलो चश्मा हुन सक्ने तथ्य पत्ता लागेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ