arrow

साउदी अरेबियाको तेल निर्यातमा भारी गिरावट

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ ६ शनिबार
saudi-arabia-oil.jpg

काठमाडौं। विश्वकै पहिलो तेल निर्यात गर्ने साउदी अरेबियाको निर्यातमा गम्भिर गिरावट आएको छ। गत जुनमा साउदीले अहिलेसम्म कै न्युन तेल निर्यात गरेको हो।

कोरोना भाइरसको माहामारी र लकडाउनका कारण विश्वभर तेलको माग घटेका बेला साउदीको निर्यातमा ठूलो गिरावट आएको हो। संयुक्त डाटा पहल 
संगठनले सार्वजनिक गरेको रिपोर्ट अनुसार गत मेको तुलनामा जुनमा १७.३ प्रतिशतले गिरावट आएर ४.९८ मिलिएन ब्यारल प्रतिदिनमा झरेको हो।

अप्रिलपछि साउदीको तेल निर्यातमा ठूलो गिरावट आएको छ। गतमार्चमा साउदीले १०.२३ मिलियन ब्यारेल प्रतिदिनको तेल निर्यात गरेको थियो। अप्रिलमा आइपुग्दा उक्त निर्यात घटेर ७.३९ मिलिएन ब्यारेल प्रतिदिनमा झरेको थियो। त्यसपछि मे महिनामा ६.०२ मिलियन ब्यारेल प्रतिदिन तेल निर्यात गरेको थियो।

तेल र तेलजन्य पदार्थको निर्यात प्रतिमहिना झनझन घट्दै गएको छ। अगस्तमा पनि साउदीको निर्यातमा भारी गिरावट आउने संकेत देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ