arrow

इमरान खानको नेतृत्वको पाकिस्तानमा हिन्दुहरुमाथि उत्पिडन, सय वर्ष पूरानो हनुमान मन्दिर भत्काइयो

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ ६ शनिबार
hanumanji.jpg

काठमाडौं।पूरै विश्व कोरोना भाइरसको महामारीको सामना गरिरहेका बेला इमरान खान नेतृत्वको पाकिस्तानमा अल्पसंख्यक हिन्दुसमुदायमाथि एकपछि अर्को आक्रमण र हिन्दु सम्पदाहरुमाथि अतिक्रमण भइरहेका छन्।

यसैबिच पाकिस्तानको कराँचीसँगै रहेको ल्यारी जिल्लामा गत आइतबार मुस्लिम अतिवादीहरुले हिन्दु हनुमान मन्दिर भत्काएका हुन्। ल्यारी जिल्लामा रहेको फिदा हुसेन रोडमा अवस्थित उक्त हिन्दु मन्दिर अतिवादीहरुले भत्काएका हुन्।

मन्दिर क्षेत्रमा एक आवासिय भवन निमार्णका क्रममा त्यहाँको हिन्दु मन्दिर भत्काएपछि हिन्दु समुदायले दुःख व्यक्त गरेका छन्। भवन निमार्णको सुरुवातका क्रममा त्यस क्षेत्रमा बस्ने हिन्दु समुदायहरुलाई मन्दिर नभत्काउने आश्वस्त पारिए पनि आइतबार मन्दिर भत्काउँदै त्यहाँ भवन निमार्णको काम अघी बढाइएको हो।

१८ हिन्दु परिवारको बसोबास रहेको सो क्षेत्रका हिन्दु बासिन्दा हिरा लालले मिडिया सामु दुःख व्यक्त गर्दै आफुहरुमाथि उत्पिडन भएको बताए। पाकिस्तानी मिडिया दी एक्सप्रेस ट्रिबुनसँग बोल्दै उनले आइतबार मन्दिर भत्काएको जानकारी दिएकी हुन् ।

त्यहाँका एक स्थानीय मोहम्मद इसराद बालोचले मिडियासँग बोल्दै भनेका छन्, ‘हामीले सानैदेखि देख्दै आएको मन्दिर अचानक यसरी भत्काउनु र पुजास्थल ध्वस्त पारिदिनु गम्भिर अन्याय हो ।’

महामारीका कारण कसैले पनि मन्दिरमा जान नपाउने भनिएकाबेला निमार्णकार्य गर्नेहरुले मन्दिर भत्काइदिएको एक अर्का स्थानीय हिन्दुले बताए। हिन्दु समुदायमाथि यस किसिमका अनेकन उत्पिडनहरु पाकिस्तानी अधिकारीहरुले नै गर्ने गरेका घटनाहरु सार्वजनिक हुँदै आएका छन्। सय बर्ष पूरानो मन्दिर भत्काइदिएर हिन्दुहरुमाथिको दमन गरिएको

एक्सप्रेस ट्रिबुनसँग बोल्दै हिन्दु कार्यकर्ता मोहन लालले बताए । उनले भने, 'हामीलाई मन्दिर भत्काउनबाट रोक्नका लागि प्रवेश गर्न दिइएन र मन्दिर भत्काइयो । यसरी नै हाम्रो बस्ती समेत भत्काइदिने डर छ ।'

यो घटना भएको पहिलो पटक भने हैन्। इमरान खान सत्तामा आएदेखि नै पाकिस्ताननमा हिन्दुहरुमाथि भयानक उत्पिडन हुँदै आएको छ। कतिपय हिन्दु समुदायहरुलाई भारतले फिर्ता बोलाएको छ। हिन्दुहरुमाथि दमनका दुखद भिडियोहरु पाकिस्तानमा दिनहुँजसो सामाजिक सञ्जालबाट सार्वजनिक हुँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ