arrow

चीन र पाकिस्तानका विदेशमन्त्रीबीच वार्ता

logo
एएनआई,
प्रकाशित २०७७ भदौ ६ शनिबार
china-pak.jpg

इस्लामावाद। चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साह मोहमुद कुरेसीबीच शनिबार वार्ता भएको पाकिस्तानी पत्रिका ‘डन’ ले जनाएको छ। उक्त पत्रिकाका अनुसार उनीहरुबीच शनिबार बिहान भएको वार्तामा हाल पाकिस्तानमा फैलिएको कोरोना भाइरसको महामारीका बारेमा कुराकानी भएको थियो।

पाकिस्तानी विदेशमन्त्री कुरेसी हाल चीन भ्रमणमा छन्। उनी चीनको दुई दिनको भ्रमणका क्रममा हाल त्यहाँ रहेको पनि सो पत्रिकाले जनाएको छ। उक्त पत्रिकाका अनुसार उनीहरुबीच कोरोना भाइरस महामारीका अतिरिक्त चीन पाकिस्तान द्धिपक्षीय सम्बन्ध र क्षेत्रीय विषयमा विभिन्न मुद्दामा छलफल भएको बताएको छ।

चीन पाकिस्तानका विदेशमन्त्री बीच चीनको हाइनानमा हुने द्धिपक्षीय रणनीतिक वार्ताको कार्यक्रमका लागि पाकिस्तानी विदेशमन्त्री कुरेसी चीन गएका हुन्। उनीहरुबीच भएको वार्तामा दुवै देशका विदेशमन्त्री द्धिपक्षीय शान्ति र समृद्धिका साथै अरु साझा चासोका विभिन्न विषयमा सहमत भएको बताइएको छ।

उनीहरुबीच कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्नका लागि मिलेर अघि बढ्ने विषयमा पनि सहमति भएको डन पत्रिकाको अनलाइन संस्करणले जनाएको पाकिस्तानको राजधानी इस्लामावादबाट प्राप्त भएको समाचारमा जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ