arrow

पाकिस्तानले तालिबानमाथि प्रतिबन्धको घोषणा

logo
एपी,
प्रकाशित २०७७ भदौ ६ शनिबार
pakistan-flag.jpg

इस्लामावाद। पाकिस्तानले अफगानिस्तानको तालिवान समूहविरूद्ध ठूलो आर्थिक प्रतिबन्धको घोषणा गरेको छ। छिमेकी मुलुकमा अमेरिकाको नेतृत्वमा रहेको शान्ति प्रक्रियाको चर्चा भइरहेका समय पाकिस्तानले अफगानी विद्रोही समूहका कैयौँ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो।

शुक्रवार दिउँसो सार्वजनिक गरिएको उक्त आदेशमा तालिबानका प्रमुख शान्ति वार्ताकार अब्दुल घानी बरादर र हक्कानी परिवारका थुप्रै सदस्यलगायत दर्जनौं व्यक्ति रहेका छन्। पाकिस्तानी निर्णयका कारण वर्तमान हक्कानी सञ्जाल प्रमुख र तालिबानका उप–प्रमुख सिराजुद्दीनले पनि प्रतिबन्धको सामना गर्नुपर्ने छ। प्रतिवन्धित समूहको सूचीमा तालिवानबाहेक अरू पनि रहेका छन्।

अन्तर्राष्ट्रिय सम्पत्ती शुद्धिकरणलाई निगरानी गर्ने र आतङ्कवादी समूहको गतिविधि ट्रयाक गर्ने वित्तीय कारबाही कार्यदल (एफएटीएफ) द्वारा कालोसूचीबाट उम्किने प्रयास स्वरूप पाकिस्तानको यो आदेश जारी भएको नाम उल्लेख नगर्ने शर्तमा एक पाकिस्तानी अधिकारीले सुरक्षाकर्मीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ