arrow

ट्रम्पको निर्णय विरुद्ध ‘टिक टक’अदालतमा

logo
प्रकाशित २०७७ भदौ ७ आइतबार
TikTok-logo-720.jpg

काठमाडौं । चर्चित भिडियो एप ‘टिक टक’ अदालतमा गएको छ । चिनियाँ एप भएकै कारणले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध लगाएपछि टिक टक कानुनी उपचार खोज्दै अदालतमा पुगेको हो । 

राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश विरुद्ध यसै साता न्यायिक सुनवाई सुरु हुने बताइएको छ । अमेरिकामा सेप्टेम्बर महिनाको मध्यदेखि टिक टकको संचालक कम्पनी  ‘बाईट डान्स’ सँग कुनै कारोबार नगर्न ट्रम्पले आदेश जारी गरेका थिए । 

टिक टकले अमेरिकी नागरिकको गोप्य सूचनाहरु चिनियाँ सरकारलाई उपलब्ध गराउन सक्ने ट्रम्पको जिकिर छ । 

अमेरिकामा टिक टकका ८ करोड सक्रिय प्रयोगकर्ताहरु रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ