arrow

अमेरिकी चुनावमा चीन र रसियाको आ-आफ्नै दाउ, को कसरी हावी हुँदै ?

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ ७ आइतबार
xi-putin1.jpg

काठमाडौं। नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिय चुनाव भुराजनीतिक कारणले निकै महत्वपूर्ण बनेको छ। अमेरिकाका प्रतिद्धन्द्धी मुलुकहरु आफुलाई कम घाटा गर्ने व्यक्तिले चुनाव जितोस भन्ने पक्षमा छन्।

अमेरिकाका दुई ठूला प्रतिद्धन्द्धी रसिया र चीन आफुले इच्छाएको व्यक्तिको चुनावी जीतको अपेक्षामा लागेका छन्। अमेरिकी विदेश नीतिले विश्व शक्तिलाई ब्रेक गर्न सक्ने कुरामा दुवै देशका अधिकारीहरु सचेत नै छन्। डेमोक्र्याटहरु रसियासँग ओतप्रोत भएको कुरालाई मध्यनजर गर्दै रुसले डेमोक्र्याट उम्मेदवार जो बाइडेनलाई अपनाम गर्न अनेकन उपायहरु अपनाउँन थालेको अमेरिकी अधिकारीहरु बताउँछन्।

उता वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना खेपीरहेको चीनले ह्वाइट हाउसको आलोचना जारी राखेको छ। चीन समर्थक र रसियाविरोधी मानिएका जो बाइडेनका लागि बेइजिङ बाइडेन ट्यागलाईन चर्चामा छ। अर्कोतर्फ रिपब्लिकनहरुले भ्लादमिर पुटिनसँग सम्झौता गरेको छ भन्दै डेमोक्रेटहरुले अनेकथरी टिका टिप्प्णीहरु गरिरहेका छन्।

ट्रम्पलाई शिकार बनाएका डेमोक्र्याटहरुले रिपब्लिकनलाई मस्कोसँग जोडेर  विभिन्न आरोप लगाउँदै खेदो खनिरहेका छन्। यसको उदाहरणमा हालै रसियाले अफगानिस्तानी सेनालाई अमेरिकी राष्ट्रपति ट्रम्पको हत्या गर्न उक्साएको रिपोर्ट न्युर्याक टाइम्सले सार्वजनिक गरेको थियो।

उसो त रुसले अफगानिस्तानमा अमेरिकी इन्ट्रेस्टविरुद्ध कदम चाल्दै आएको विदेशमन्त्री माइक पोम्पेओले बताउँदै आएका छन्। डमोक्र्याट सत्तामा आयो भने विगतका इस्युहरुलाई उचालेर मस्कोमाथि कडा प्रतिबन्ध लगाउने डरले रुसले अहिलेदेखि नै प्रजातन्त्रवादी उम्मेदवारको विरुद्ध अनेकन चाल चलिरहेको जनाइएको छ।

अर्कोतर्फ बाइडेन चीनका लागि सजिलो माध्यम हो। डेमोक्र्याटहरु चीन अमेरिकाको प्रतिद्धन्द्धी हो भनेर विश्वास गर्दैनन् र उनीहरु अमेरिकी आधिपत्यमा चीनले हानी गर्छ भन्ने कुरालाई मान्दैनन्। तथापी, बाइडेन आफैसँग समेत कुनै चीन नीति छैन् र चीनसँग सहजबाटोबाट हिड्न बाइडेन चाहन्छन्। केहि दिनअघि बाइडेनले आफुले जितेमा चीनसँग ट्रम्पले निम्त्याएको द्धन्द्धलाई समाप्त पार्ने र कागजी सम्झौता गरेर अघि बढ्ने बताएका थिए।

अर्कोतर्फ ट्रम्पले चीनविरुद्ध आफ्नो घृणा प्रत्यक्षरुपमा देखाएका छन्। रुसभन्दा चीन ८ गुण बलियो अर्थतन्त्र भइसकेको देश बनेको र यसले छिट्टै अमेरिकालाई च्यालेन्ज दिने ट्रम्पलाई पूर्णरुपमा थाहा छ। चीनले विभिन्न माध्यमबाट विश्वभर फैलाई रहेको आफ्नो छलछामपूर्ण बजारलाई नियन्त्रण गर्नका लागि अमेरिकाले हुवावे, टेन्सेन्ट गेम्स, लगायतका ठूला चिनियाँ कम्पनीहरुलाई चुनौती र अवरोध सिर्जना गरिदिएको छ।

चीनले आफ्नो निर्यात बजारलाई फैलाई रहेका बेला अमेरिकाले मात्रै यसलाई नियन्त्रण गर्न खोजिरहेको र सम्भवत सफल हुने देखिन्छ। अर्कोतर्फ ट्रम्पले रुससँग सहजै सम्झौता गर्न सक्ने देखिन्छ। उसै पनि रिपब्लिकनहरु रुसप्रति त्यति डराएका छैनन्। त्यसमाथि पनि विशाल चीनलाई सम्झौतामा ल्याउनुभन्दा गिरावटबाट माथि आउँदै गरेको रुससँग सम्झौता गर्नु सहज पनि हुनेछ।

समग्रमा रुसले ट्रम्पलाई सहयोग गर्न चाहन्छ । किनकी बेइजिंगसँग लड्दै गर्दा अमेरिकाले रुसमाथि प्रतिबन्ध खुकुलो हुन दिनेछ भन्ने मस्कोको विश्वास छ। यसरी चीन र रुस अमेरिकी चुनावको नयाँ रणभुमी बनेको छ । रुसले आफुमाथिको प्रतिबन्धबाट बच्न र चिनियाँ अर्थतन्त्रलाई कमजोर हुने पक्षमा साथ दिनु उस्को अपेक्षाको विषय हुँदा चीनले आफ्नो व्यापारलाई संकुचन पर्न नदिने पक्षको सहयोग गर्ने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ