arrow

चीनद्वारा नयाँ ‘अप्टिकल सेटलाइट’ प्रक्षेपण

logo
प्रकाशित २०७७ भदौ ७ आइतबार
china-successfully-launches-new-optical-remote-sensing-satellit.jpg

जिउक्वान, चीन । चीनले आइतबार टाढाबाट स्पर्श गर्नसक्ने नयाँ ‘रिमोट सेन्सिङ अप्टिकल सेटलाइट’ सफलतापूर्वक प्रक्षेपण गरेको छ । 

उत्तर पश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार आइतबार बिहान १० बजेर २७ मिनेटमा प्रक्षेपण गरिएको हो । 

गाओफेन–९ ०५ नामक उक्त उपग्रह ‘लङमार्च टुडी रकेट’ को माध्यमबाट प्रक्षेपण गरिएको हो । उक्त बुहुउपयोगी उपग्रहसँगै  टिन्टुओ–५ नामको अर्को उपग्रह पनि प्रक्षेपण गरिएको चिनियाँ अधिकारीले बताएका छन् । 

आइतवारको उक्त प्रक्षेपण लङमार्च रकेट श्रृङ्खलाको ३४३ औँ प्रक्षेपण भएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ