arrow

राष्ट्रिय टोलीका खेलाडीसहित ५१ जनाको कोरोना बिमा

logo
प्रकाशित २०७७ भदौ ७ आइतबार
nepali-cricket2.jpg

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडीसहित ५१ जनाको कोरोना बीमा गरेको छ । क्यानले पुरुष राष्ट्रिय टोलीका २५ खेलाडी तथा त्रिभुवन विश्वविद्यालय खेल मैदान, मुलपानी क्रिकेट मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारीको कोरोना बीमा गरेको हो । 

क्यानले विज्ञप्तिमार्फत कोरोना बीमा गरिएको जनाएको हो । दुई साताअघि क्यानले खेलाडी, खेल मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारीको बीमा गर्ने निर्णय गरेको थियो । कोरोना महामारीलाई ध्यानमा राख्दै बीमा गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । क्यानले वार्षिक अुनबन्ध गरेका २२ तथा अन्य तीन खेलाडीको बीमा गरेको हो । 

क्यानले खेलाडी, मैदानका कर्मचारी तथा कार्यालयका कर्मचारीको प्रत्येकको एक वर्षको रु एक लाख बराबरको कोराना बीमा गरेको हो । महिला क्रिकेट खेलाडीको कोरोना बीमाबारेसमेत क्यानले योजना बनाइरहेको छ । 

यसैबीच क्यानले केही समय अघि क्रिकेट खेलाडीको डेढ वर्षदेखि रोकिएको पारिश्रमिक उपलब्ध गराउनका लागि अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई पत्र पठाएको छ । आईसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची मागेपछि क्यानले २३ जनाको सूची पठाएको हो । 

लामो समयदेखि रोकिएको पारिश्रमिक खेलाडीले चाँडै पाउने क्यानले जनाएको छ । पारिश्रमिकका लागि क्यानले तीन श्रेणीमा खेलाडी विभाजन गरी सूची आईसीसीलाई पठाएको अध्यक्ष चन्दले जानकारी दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ