arrow

एफएटीएफको कालोसूचीबाट जोगिन पाकिस्तानले लगायो ८८ आतंकवादीमाथि प्रतिबन्ध

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ ७ आइतबार
Pakistan-Flag.jpg.jpeg

इस्लामावाद । पाकिस्तानले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे सूचीबाट कालोसूचीमा जानबाट जोगिनका लागि ८८ आतंकवादीमाथि प्रतिबन्ध लगाएको छ । 

अलकाइदा र तालिवानलगायतका ८८ आतंकवादी समूहमाथि पाकिस्तानले आइतबार प्रतिबन्ध लगाएको हो । सरकारले पाकिस्तानमा रहेका आतंककारीहरूको बैंक खाता र सम्पत्तिहरू पनि कब्जा गरेको छ । उनीहरुलाई जहाजमा यात्रा गर्न पनि प्रतिबन्ध लगाइएको पाकिस्तानी मिडियाले जनाएका छन् । ८८ आतंकवादीहरुलाई केही दिन अघि संयुक्त राष्ट्र संघले जारी गरेको आतंकवादीको सूचीमा राखेको थियो ।

एक विज्ञप्तिमा पाकिस्तानी विदेश मन्त्रालयले भनेको छ, "पाकिस्तानले यी संयुक्त राष्ट्र संघीय प्रासंगिक प्रस्तावहरूको पालना गर्दै प्रतिबन्ध लगाएको हो र हामी आशा गर्दछौं कि अन्य देशहरूले पनि त्यसको पालना गर्नेछन् ।"

यसभन्दा पहिले प्रधानमन्त्री इमरान खानले राजनीतिक, आर्थिक स्थिति र एफएटीएफ कार्य योजनासम्बन्धी कानुनको प्रगति समीक्षा गर्न बैठकको अध्यक्षता गरेका थिए । 

पाकिस्तान जून २०१८ देखि ग्रे सूचीमा छ । पाकिस्तानी सरकारलाई फेब्रुअरीमा ग्रे सूचीबाट हट्न बाँकी कार्य जून २०२० सम्म सम्पन्‍न गर्न अन्तिम अवसर दिइएको थियो । कोरोनाका कारण एफएटीएफको पूर्ण बैठकहरू अवरुद्ध भएका कारण समयावधि सेप्टेम्बरसम्ममा थप गरिएको छ । 

यस महिनाको सुरूमा पाकिस्तानले एफएटीएफको संयुक्त समूहलाई आफ्नो प्रारम्भिक मस्यौदा प्रतिवेदन बुझाएको थियो र आतंकवादी कोषसँग सम्बन्धित २७ कार्य बुँदामध्ये बाँकी १४ बुँदाहरु देखाउँदै अक्टूबरमा सम्पन्‍न पूर्ण बैठकअघि सबै पूरा गर्ने जनाएको थियो । 

पाकिस्तानका आधिकारिक स्रोतहरूले जनाए अनुसार पाकिस्तानले सेप्टेम्बरको पहिलो हप्तामा समीक्षा समूहलाई प्रगति रिपोर्टको अद्यावधिक संस्करण बुझाउने छ ।  पहिलो ड्राफ्टलाई अगस्टमा पठाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ