arrow

पाकिस्तान र श्रीलंकामा चीनको दबाबपछि चिनियाँ लगानीप्रति सतर्कता अपनाउँदै म्यानमार

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ ७ आइतबार
myanmar.JPG

काठमाडौं। म्यानमारले चिनियाँ आर्थिक लगानीप्रति सतर्कता अपनाएको खबर सार्वजनिक भएका छन् । चीन म्यानमार आर्थिक कोरिडोर (सीएमईसी) मार्फत चीनले नायप्याटवमा आफ्नो प्रभाव बढाउन खोजेपछि म्यानमार सतर्क भएको हो । 

दी इर्रावाड्डीको रिपोर्ट अनुसार म्यानमार सतर्क देखिनुको कारण चीन पाकिस्तान आर्थिक कोरीडोर (सीपीईसी) को अनुभव हो । "म्यानमारको नेतृत्वले पाकिस्तानमाथिको चिनियाँ व्यवहारमा कडा नजर राखेको छ," इरवाड्डीमा यान नाइंगले लेखेका छन् । यान नाइंग एक म्यानमार मामिला विज्ञको छद्‌म नाम हो । 

यद्यपि चिनियाँ राष्ट्रपति सी जिनपिङले सीपीईसीलाई आफ्नो बेल्ट र रोड पहलको प्रमुख परियोजनाको रूपमा व्याख्या गरेका थिए । सन् २०१७ मा प्रकाशित एक अनुसन्धान रिपोर्टमा, पाकिस्तानी दैनिक पत्रिका डनले चीनले पाकिस्तानसँग नयाँ संरचनात्मक सम्बन्ध स्थापित गरिरहेको कुराको खुलासा गरेको थियो । जसले बेइजिङ इस्लामाबादमा अत्यधिक प्रभाव पार्न सक्ने उल्लेख गरिएको थियो ।

"सीपीईसी योजनाले पाकिस्तानको अर्थतन्त्रको अधिकांश क्षेत्रका साथै चिनियाँ उद्यम र संस्कृतिद्वारा यसको समाजको गहिरो र बृहत आधारित प्रवेशको परिकल्पना गरेको छ," विस्तृत विवरणमा भनिएको छ ।

त्यस्तै म्यानमारले श्रीलंका र माल्दिभ्सबाट पनि पाठ सिकेको छ । "चिनियाँहरूले उच्च ब्याज दरमा अरबौं डलर लगानी गरेर उनीहरूले श्रीलंकाको हम्बनटोटा बन्दरगाह जस्ता क्षेत्रमा ९९ वर्षका लागि भाडामा लिने रणनीतिक सम्पत्तिको लाभ उठाए," यानले लेखेका छन् ।

भूगोलको सन्दर्भमा चिनियाँहरूले सीएमईसीलाई “इन्भर्टेड वाई” को आकार दिने प्रस्ताव गरेका छन् । यो म्यानमार, लाओस र भियतनामसँग सीमाना साझा गर्ने चीनको मुख्य युनान प्रान्तबाट सुरू हुन्छ । 

चीन-म्यानमार सीमानाको रुइली सहरबाट, यो कोरिडोर देशको उत्तरी भागमा इरावाड्डी नदीको किनारमा म्यानमारको पूर्व शाही राजधानी मन्डलायतिर जान्छ । त्यहाँबाट यो पूर्वी र पश्चिमतर्फ योंगुन नयाँ शहर र पश्चिमी राखिन प्रान्तको क्युक्फ्यू विशेष आर्थिक क्षेत्रसम्म पुग्न सक्छ ।

यानले लद्दाखमा नयाँ दिल्ली र बेइजिङको बीचमा भइरहेको सैन्य अवरोधपछि चीनको प्रतिरोध गर्न नायपिटोसँग सम्बन्ध विस्तार गर्न पनि अवस्था अनुकूल भएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ