arrow

फिनल्यान्डको इतिहासमै मरिन बनिन् कम उमेरमा सत्तारुढ दलको महिला अध्यक्ष

logo
प्रकाशित २०७७ भदौ ७ आइतबार
youngest-pm-sanna-marin.jpg

एपी, हेल्सिन्की । फिनल्यान्डकी प्रधानमन्त्री ३४ वर्षीया सान्ना मरिन सोसल डेमोक्र्याट पार्टीको अध्यक्षमा चयन भएकी छन् । 

फिनल्यान्डको इतिहासमै यति कम उमेरमा सत्तारुढ दलको नेतृत्व लिने उनी पहिलो महिला हुन् । 

फिनल्यान्डको सबैभन्दा ठूलो दल सोसल डेमोक्र्याट पार्टीको अधिवेशनले मरिनलाई पार्टी अध्यक्षमा आइतबार निर्विरोध चयन गरेको हो । उक्त पार्टीमा महिलाले नेतृत्व सम्हालेको यो दोस्रो पटक हो । 

हाल पार्टी अध्यक्षमा एन्टी रिन्न रहेकी छन्। उनले देशभित्रको राजनीतिक गतिरोधबीच गत वर्ष डिसेम्बरमा प्रधानमन्त्री पदबाट पनि राजीनामा दिएकी थिइन्।

फिनल्यान्डमा निकै लोकप्रिय युवानेतृ मरिनले पार्टी नेतृत्वका लागि उम्मेदवारी दिनुभएको थियो, र उनको विपक्षमा कुनै पनि व्यक्तिले उम्मेदवारी दिएका थिएनन् । 

मरिनको आठ महिने सरकारको अधिकाँश समय कोरोनाभाइरस महामारीसँग जुध्दै ठीक्क भएको छ । उनले कोरोनाभाइरस नियन्त्रणमा गरेको सुझबुझपूर्ण कार्यलाई लिएर देशभित्र निकै प्रशंसा बटुलेकी थिइन् । फिनल्यान्डमा हालसम्म ३३४ जनाको मृत्यु भएको छ ।

सोसल डेमोक्र्याट पार्टीको फिनल्यान्डको दक्षिणी शहर टाम्परमा गतसाता अधिवेशन सम्पन्न भएको थियो । पार्टीले सन् २०१९ को चुनावमा करिब १८ प्रतिशत मत प्राप्त गरेर संसदमा सबैभन्दा ठूलो दल बनेको थियो । हाल यस पार्टीले अरु स–साना पाँच वटा पार्टीको समर्थनमा सरकार बनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ