arrow

भारतीय नाबाकन्दीविरुद्ध एक लाख नागरिकको हस्ताक्षर राष्ट्रसंघमा

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1765843289.jpeg
काठमाडौं । भारतीय नाकाबन्दीविरुद्ध नागरिकस्तरबाट स्वतस्फूर्तरुपमा संकलित एक लाख हस्ताक्षर संयुक्त राष्ट्रसंघलाई बुझाइएको छ । संकलित हस्ताक्षर बुधबार राष्ट्रसंघको नेपालस्थित कार्यालयमा बुझाइएको हो । 
 
ललितपुरमा रहेको राष्ट्रसंघको नेपाल सचिवालयमै पुगेर नागरिक अगुवाहरुले भारतीय नाकाबन्दीविरुद्ध संकलित हस्ताक्षर बुझाए । गएको  कार्तिक २१ गते काठमाडौंका विभिन्न ६ ठाउँबाट एक दिनमै हस्ताक्षर संकलन भएको नागरिक अगुवाहरुले बताएका छन् । 
 
यसअघि, मंगलबार मात्रै अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपालीहरुले अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघको मूख्यालय अघि भारतीय नाकाबन्दीविरुद्ध प्रदर्शन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ