arrow

भारतमा कोरोना संक्रमितमा कमी

logo
प्रकाशित २०७७ भदौ ८ सोमबार
corona-india-test.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु निरन्तर बढिरहेका छन् । पाँच दिनमा झण्डै तीन लाख ४० हजार कोरोनाका संक्रमित थपिएका छन् । 

शनिबार सबैभन्दा बढी ७० हजार ६७ जना संक्रमित थपिएकामा आइतबार भने त्यो संख्या केही घटेको छ । आइतबार ६१ हजार ७४९ संक्रमित थपिएका छन् । यो दर ६.७ प्रतिशतले घटेको हो । 

शुक्रबार ६९ हजार २८ जना,  बिहीबार ६८ हजार ५०७ तथा बुधबार त्यो दिनसम्मको सबैभन्दा बढी ६९ हजार १९६ जना संक्रमित थपिएका थिए । 

त्यस्तै निको हुनेमा शुक्रबार रेकर्ड बनेको थियो । शुक्रबार एकैदिन ६२ हजार ८५८ जना संक्रमितलाई निको भएको थियो । यो अहिलेसम्मकै रेकर्ड हो । 

आइतबार ५६ हजार ८९६ जनालाई, शनिबार ५९ हजार १०१ जनालाई, बिहीबार ६१ हजार ८७३ जनालाई निको भएको थियो । त्यस्तै बुधबार त्यो दिनसम्मको सबैभन्दा बढी ५९ हजार ३६५ जनालाई निको भएको थियो । 

अहिलेसम्म ३१ लाख ५ हजार १८५ जना संक्रमित भएका छन् । सक्रिय संक्रमित ७ लाख १० हजार १४३ पुगेका छन् । 

निको हुनेको संख्या २३ लाख ३६ हजार ७९६ पुगेको छ । 

आइतबार ८४६ जनाको ज्यान गएको छ । शनिबार ९१८ जनाको ज्यान गएको थियो । शुक्रबार ९५३ जनाको ज्यान गएको थियो । बिहीबार ९८१ जनाको तथा बुधबार ९७९ जनाको ज्यान गएको थियो । अहिलेसम्म ज्यान जानेको संख्या ५७ हजार ६९२ पुगेको छ । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा २२ हजार २५३, तमिलनाडुमा ६ हजार ५१७, आन्ध्रप्रदेशमा ३ हजार २८२, कर्नाटकमा ४ हजार ६८३ जनाको ज्यान गएको छ । 

नेपालको सीमासंग जोडिएको बिहारमा ६१० जनाको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ