arrow

भारतमा कोरोना भाइरसका संक्रमित घटे, सबैभन्दा राम्रो नतिजा बिहारमा  

logo
प्रकाशित २०७७ भदौ ८ सोमबार
corona-india-test2.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु निरन्तर बढिरहेका भए पनि संक्रमण दरमा भने कमी आएको छ । 

पछिल्लो पाँच दिनमा झण्डै तीन लाख ४० हजार कोरोनाका संक्रमित थपिएका भए पनि परीक्षणको अनुपातमा भने संक्रमित घटेका छन् । 

जुलाइको अन्तिमसम्म हरेक १०० परीक्षणमा १२ भन्दा बढी संक्रमित थपिँदै आएकामा अहिले बढीमा ७ जना भेटिएका छन् । 

यो दर ६.७ प्रतिशत रहेको बताइएको छ । यसको सबैभन्दा ठूलो कारण परीक्षण बढाउनु भएको विज्ञहरुले बताएका छन् । भारतमा हालका दिनमा दैनिक ८ देखि १० लाख वटा परीक्षण हुँदै आएको छ । 

नेपालको सीमा जोडिएको बिहार र उत्तरप्रदेशमा संक्रमणको दर ५ प्रतिशत रहेको छ । जबकि महाराष्ट्रमा १६ प्रतिशत भन्दा बढी रहेको छ । 

पब्लिक हेल्थ फाउन्डेशनका डा के श्रीनाथ रेड्डीका अनुसार संक्रमणको दर घट्दो छ । अर्थात् १०० परीक्षणमा ५ जना मात्रै संक्रमित भेटिएका छन् । 

ठूला राज्यमा संक्रमणको दर घट्दै गए पनि साना राज्यमा भने बढेको संकेत देखिएको छ । 

भारतभर शनिबार सबैभन्दा बढी ७० हजार ६७ जना संक्रमित थपिएकामा आइतबार भने त्यो संख्या केही घटेको छ । आइतबार ६१ हजार ७४९ संक्रमित थपिएका छन् । यो दर ६।७ प्रतिशतले घटेको हो । 

शुक्रबार ६९ हजार २८ जना,  बिहीबार ६८ हजार ५०७ तथा बुधबार त्यो दिनसम्मको सबैभन्दा बढी ६९ हजार १९६ जना संक्रमित थपिएका थिए । 

त्यस्तै निको हुनेमा शुक्रबार रेकर्ड बनेको थियो । शुक्रबार एकैदिन ६२ हजार ८५८ जना संक्रमितलाई निको भएको थियो । यो अहिलेसम्मकै रेकर्ड हो । 

आइतबार ५६ हजार ८९६ जनालाई, शनिबार ५९ हजार १०१ जनालाई, बिहीबार ६१ हजार ८७३ जनालाई निको भएको थियो । त्यस्तै बुधबार त्यो दिनसम्मको सबैभन्दा बढी ५९ हजार ३६५ जनालाई निको भएको थियो । 

अहिलेसम्म ३१ लाख ५ हजार १८५ जना संक्रमित भएका छन् । सक्रिय संक्रमित ७ लाख १० हजार १४३ पुगेका छन् । 

निको हुनेको संख्या २३ लाख ३६ हजार ७९६ पुगेको छ । 

आइतबार ८४६ जनाको ज्यान गएको छ । शनिबार ९१८ जनाको ज्यान गएको थियो । शुक्रबार ९५३ जनाको ज्यान गएको थियो । बिहीबार ९८१ जनाको तथा बुधबार ९७९ जनाको ज्यान गएको थियो । अहिलेसम्म ज्यान जानेको संख्या ५७ हजार ६९२ पुगेको छ । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा २२ हजार २५३, तमिलनाडुमा ६ हजार ५१७, आन्ध्रप्रदेशमा ३ हजार २८२, कर्नाटकमा ४ हजार ६८३ जनाको ज्यान गएको छ । 

नेपालको सीमासंग जोडिएको बिहारमा ६१० जनाको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ