अमेरिकामा पनि प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार
प्रकाशित २०७७ भदौ ८ सोमबार
761
Shares
काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमितको उपचार प्लाज्मा थेरापीबाट पनि हुने भएको छ । अमेरिकाको खाद्य तथा औषधि प्रशासनसम्बन्धी नियामक निकाय एफडिएले कोरोनाभाइरसबाट निको भएकाहरुको रगतको प्लाज्मा तत्व अन्य बिरामीका लागि प्रयोग गर्न आकस्मिक अनुमति दिएको हो ।
निको भएकाहरुको रगतको प्लाज्मामा भाइरस विरुद्ध बनेका एन्टीबडीलाई अरु बिरामीमा प्रयोग गरिने यो विधि हजारौँ मानिसमा प्रयोग गरिसकिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एफडिएले प्लाज्मा थेरापीको प्रयोगलाई अनुमति दिएको बताएका हुन् ।
ट्रम्पले यो विधिको प्रयोगमार्फत् कोरोना भाइरसबाट हुने मृत्यु ३५ प्रतिशत कम हुने बताएका छन् । साथै उनले कोरोना भाइरस सङ्क्रमणबाट निको भएकाहरूलाई प्लाज्मा दानको निम्ति आ–आफ्नो नाम दर्ता गर्न अपिल गरेका छन् ।
कोरोना भाइरसबाट अमेरिकामा ५८ लाख ७४ हजार मानिस सङ्क्रमित छन् भने एक लाख ८० हजार मानिसको ज्यान गइसकेको छ।