arrow

मालदिभ्समा पनि बढे संक्रमित

logo
एएनआई,
प्रकाशित २०७७ भदौ ८ सोमबार
maldives1.jpg

माले । दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि कोभिड १९ का संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । 

मालदिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा यहाँ संक्रमितहरुको संख्या छ हजार नाघेको छ । दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरु बढेका प्राप्त समाचारमा जनाइएको हो ।  

 यहाँ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको स्थानीय मिडियाहरुले जनाएका छन्  । 

मालदिभ्सको स्वास्थ्य सुरक्षा निकायका अनुसार यहाँ संक्रमण हुने व्यक्तिको संख्या ६ हजार ७७९ पुगेको छ ।

यहाँका संक्रमितमध्ये ४ हजार २२२ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् । अहिले पनि २ हजार ५३२ जना भने संक्रमित नै रहेका र उपचार गराइरहेका छन् ।

अधिकारीहरुले यहाँ बाहिरबाट आएका व्यक्तिहरुबाट कारोना भाइरसको संक्रमण बढ्दै गएको पाइएको पनि बताएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ