arrow

भारतीय काँग्रेसमा नयाँ अध्यक्ष चयन गर्न सोनिया गान्धीको आग्रह

logo
पीटीआई,
प्रकाशित २०७७ भदौ ८ सोमबार
rahul-soniya.jpeg

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले पार्टीको नयाँ अध्यक्ष तत्काल चयन गर्न केन्द्रीय समितिलाई आग्रह गरेकी छन् ।
   
उनले नयाँ अध्यक्ष चयनका लागि प्रक्रिया शुरु गर्न सोमबार आग्रह गरे श्रोतले जनाएको छ । 

केन्द्रीय समितिको बैठकको शूभारम्भका क्रममा उनले “पूर्णकालिन र देखिने अध्यक्ष” चयन गर्न आग्रह गरेकी हुन् । उनले आफु अन्तरिम अध्यक्ष भइरहन नचाहेको बताइन् । 

बैठकमा गान्धीपछि बोलेका पूर्व प्रधानमन्त्री मनमोहन सिंह र पूर्वरक्षा मन्त्री ए के अन्टोनीले गान्धीको निरन्तरताको पक्षमा बोलेका थिए । 

उनहरूले गुलाम नाबी असद, आनन्द शर्मा, मुकुल वास्नीकलगायतका प्रमुख नेताहरूले अन्तरिम अध्यक्षलाई दिएको पत्रको आलोचना गरेका थियो । 

श्रोतका अनुसार अन्तरिम अध्यक्ष गान्धीले असदलाई नयाँ अध्यक्ष बनाउने चाहना देखाएकी थिइन् ।  

बैठकमा निवर्तमान अध्यक्ष राहुल गान्धीले अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई पठाएको पत्रको समयावधिका बारेमा चर्चा गरे थियो । 

पार्टीका केही नेताहरुले अन्तरिम अध्यक्ष गान्धी गंगाराम अस्पतालमा उपचार गराइरहेका बेला दिएको पत्रका बारेमा उनले ध्यानाकर्षण गराएका हुन् ।

“यो केन्द्र्रीय समितिको बैठक हो, यो सञ्चार माध्यम हैन, हामी सवैले यहाँ कुरा राख्न सक्छौँ, छलफल गर्न सक्छौँ,” उनले भने ।  पार्टीका झण्डै २० नेताले पार्टीलाई पूर्णकालीन र देखिने नेतृत्व चाहिएको माग गर्र्दै पत्राचार गरेका थिए । 

उनीहरुको माग अनुसार नै पार्टीको नेतृत्वका बारेमा निर्णय गर्ने उद्देश्यले अहिलेको महामारीको बेलामा पनि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको नेताहरुले जानकारी दिएका छन् ।

नेतृत्वको विषयलाई लिएर भारतीय राष्ट्रिय काँग्रेसका नेता तथा कार्यकर्ताहरु अहिले विभाजित भएका छन् । 

पार्टीको एउटा पक्षले गान्धी परिवारबाटै नेतृत्व चाहिन्छ भन्ने गरेको छ भने अर्को पक्षले गान्धी परिवारभन्दा बाहिरबाट सामुहिक नेतृत्वलाई अगाडी बढाउनु पर्नेमा जोड दिने गरेको छ । 

भारतमा काँग्रेस पार्टीको नेतृत्वमा राहुल गान्धीलाई नै फेरी ल्याउनु पर्ने माग गर्नेहरुको ठूलो संख्या देखिएको छ । निवर्तमान अध्यक्ष गान्धीले गत आम निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नसकेपछि हारको जिम्मेवारी लिदै नैतिकताका आधारमा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।  

उनलाई पटक पटक राजीनामा फिर्ता लिन आग्रह गर्दा पनि अस्वीकार गरेपछि उनकै आम तथा पार्टीकी शीर्ष नेतृ सोनिया गान्धीलाई अर्को अध्यक्ष चयन नभएसम्मका लागि भनेर अन्तरिम अध्यक्ष बनाइएको थियो । तर अन्तरिम अध्यक्ष बनेको पनि धेरै भएको र नयाँ अध्यक्ष चयन नभएको भन्दै आलोचना भएपछि नयाँ अध्यक्ष चयनका लागि उनले नै केन्द्र्रीय समितिमा आग्रह गरे हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ