arrow

चीन र अमेरिकाबीचको सम्बन्धमा गम्भीर समस्या, यसो भन्छन् चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता

logo
सिन्ह्वा,
प्रकाशित २०७७ भदौ ८ सोमबार
usa-china1.jpg

बेइजिङ । चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लि चेनले चीन र अमेरिकाबीचको सम्बन्धमा गम्भीर समस्या देखापरेको बताएका छन् । उनले यसको जिम्मेवार सम्पूर्ण रुपमा अमेरिका रहेको पनि दावी गरे । 

सोमबारको नियमित पत्रकार सम्मेलनमा उनले अमेरिकी परराष्ट्र मन्त्री माइक पोम्पेओले हालै दिएको एक अन्तर्वार्ताप्रति लक्षित गर्दै उक्त भनाई राखेका हुन्।

पोम्पेओले अमेरिका र चीनबीच शित युद्ध भैरहेको छ कि भन्ने प्रश्नमा यसको समस्या चिनियाँ कम्युनिष्ट पार्टीले जन्माएको धारणा व्यक्त गरेको प्रसँगलाई लिएर चीनको उक्त भनाइ आएको हो । 

पत्रकारहरूसँगको नियमित भेटमा प्रवक्ता चाउले भने, “अमेरिकी केही राजनीतिज्ञहरुले एकपक्षीय रुपमा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै हिंसात्मक रूपमा चीनको आन्तरिक तथा विदेशी नीतिलाई बदनाम गरेका छन् । जसबाट अमेरिका–चीनबीचको आपसीसम्बन्धमा समस्या आएको छ ।”

उनले भने, “सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको लक्ष्य जन गणतन्त्र चीनको महान पुनरुत्थानको सपनालाई साकार तुल्याउने हो । चीनले विश्वको कूल ग्राहस्थ उत्पादन मात्राका लागि लगातार दश वर्षसम्म ३० प्रतिशतभन्दा बढी योगदान गर्दै आएको छ ।” उनले चीनको ‘बेल्ट एण्ड रोड’ प्रस्ताव वर्तमान विश्वले अत्यधिक स्वागत गरेको सबैभन्दा ठूलो परिमाणको आर्थिक सहयोगको कार्यक्रम बनेको बताए । 

चीनको विकासबाट डराएका कतिपय शक्तिहरूले चीन र चिनियाँ कम्युनिष्ट पार्टीलाई बदनाम गर्ने गतिविधिबाट चीनको सफलता अभिव्यक्त भएको छ दावी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ