arrow

भारतमा कोरोना भाइरसका संक्रमित भन्दा निको हुने बढी, यस्तो बन्यो रेकर्ड

logo
प्रकाशित २०७७ भदौ ९ मंगलबार
corona-india-public.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित भन्दा निको हुनेहरु बढी भएका छन् । सोमबार भारतमा ५९ हजार ६९६ जना संक्रमितहरु थपिँदा निको हुनेहरु ६६ हजार ३०५ जना पुगेका हुन् । 

संक्रमित भने छ दिनमा झण्डै चार लाख थपिएका छन् । शनिबार सबैभन्दा बढी ७० हजार ६७ जना संक्रमित थपिएकामा आइतबार ६१ हजार ७४९ संक्रमित थपिएका थिए । 

शुक्रबार ६९ हजार २८ जना,  बिहीबार ६८ हजार ५०७ तथा बुधबार ६९ हजार १९६ जना संक्रमित थपिएका थिए । 

त्यस्तै निको हुनेमा सोमबार रेकर्ड बनेको हो । एकै दिन अहिलेसम्म ६६ हजार ३०५ जनालाई निको भएको थिएन । यसअघि शुक्रबार एकैदिन ६२ हजार ८५८ जना संक्रमितलाई निको भएको थियो । 

आइतबार ५६ हजार ८९६ जनालाई, शनिबार ५९ हजार १०१ जनालाई, बिहीबार ६१ हजार ८७३ जनालाई निको भएको थियो । त्यस्तै बुधबार त्यो दिनसम्मको सबैभन्दा बढी ५९ हजार ३६५ जनालाई निको भएको थियो । 

अहिलेसम्म ३१ लाख ६४ हजार ८८१ जना संक्रमित भएका छन् । सक्रिय संक्रमित ७ लाख २ हजार ६६९ पुगेका छन् । 

निको हुनेको संख्या २४ लाख ३ हजार १०१ पुगेको छ । 

सोमबार ८५४ जनाको ज्यान गएको छ । आइतबार ८४६, शनिबार ९१८, शुक्रबार ९५३, बिहीबार ९८१ तथा बुधबार ९७९ जनाको ज्यान गएको थियो । अहिलेसम्म ज्यान जानेको संख्या ५८ हजार ५४६ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ