arrow

अमेरिकी र बेलायती विदेशमन्त्रीको भेटवार्ता इजरायलमा

logo
एएनआई,
प्रकाशित २०७७ भदौ ९ मंगलबार
mike-pompeo-USA.JPG

तेल अविव, इजरायल । संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले बेलायती विदेशमन्त्री डोमिनिक राबबीच भेटवार्ता गरेका छन् । उनीहरुबीच सोमबार इजरायलको जेरुसेलममा भेटवार्ता भएको बताइएको छ । उनीहरुबीचको सो वार्तामा दुई देशबीचको विदेश नीतिको प्राथमिकताका साथै आपसी हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले बेलायती विदेशमन्त्री डोमिनिक राबबीच इजरालयमा भेटवार्ता भएको अमेरिकी विदेशमन्त्रालयले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।  

संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रालयका प्रवक्ताले सो विज्ञप्तिमा भनेका छन्– विदेशमन्त्री पोम्पेओ र बेलायती विदेशमन्त्री राबबीच द्धिपक्षीय वार्ता भएको र त्यस क्रममा उनीहरुबीच इरानका कारणले त्यस क्षेत्रमा पारेको प्रभावका बारेमा पनि कुरा भएको थियो । साथै सो वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति विचार (पिस भिजन) का बारेमा पनि कुराकानी भएको सो विज्ञप्तिमा जानकारी दिइएको छ ।  

 
संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री पोम्पेओ इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान, बहराइनको भ्रमणका क्रममा निस्किएका हुन्। उनी सोमबार इजरायलमा थिए । अमेरिकी विदेशमन्त्री पोम्पेओ यही अगष्ट २३ देखि २८ तारिखसम्म इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान र बहराइनको भ्रमणका लागि निस्किएका थिए। 

भ्रमणका क्रममा उनले इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतान्याहूसँग भेटवार्ता गरेका छन् । त्यस्तै उनले सुडानका प्रधानमन्त्री अब्देल्लाह हामदोक तथा सार्वभौम काउन्सिलका अध्यक्ष अब्देल फताह अल बुरानसँग भेटवार्ता गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ