arrow

दुई करोड ३८ लाख नाघ्यो कोरोना संक्रमितको संख्या

logo
एएफपी,
प्रकाशित २०७७ भदौ ९ मंगलबार
corona-world.jpg

जेनेभा, स्वीट्जरल्याण्ड । विश्वमा दुई करोड ३८ लाख ३० हजार २६० जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।

सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस संक्रमणबाट आठ लाख १७ हजार ३६८ जना कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । सङक्रमित मध्ये हालसम्म एक करोड ६३ लाख ७२ हजार ९६२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६६ लाख ३९ हजार ९३० व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।  संक्रमितहरु मध्ये ६१ हजार ६९४ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५९ लाख १५ हजार ६३० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ८१ हजार ११४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ५८ लाख १७ हजार २४५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९० हजार ८०३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६९ लाख ९३ हजार ६३१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख ६० हजार ४०२ जनाको मृत्यु भएको छ । 

युरोपमा ३३ लाख ९३ हजार ३५६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ५ हजार ७४० को मृत्यु भएको छ । एसिया ६३ लाख ९७ हजार ५०७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख ३१ हजार ८०१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १२ लाख २३३  जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २८ हजार ५५ जनाको मृत्यु भएको छ । ओसियानामा २७ हजार ५६७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५५२ जनाको मृत्यु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ