arrow

भारतको राइगढमा पाँचतले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १० पुग्यो, उद्धार जारी

logo
प्रकाशित २०७७ भदौ ९ मंगलबार
panch-tale.JPG

राइगढ, महाराष्ट्र । भारतको महाराष्ट्र राज्यस्थित राइगढ इलाकामा पाँच तले भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन बल (एनडीआरएफ) ले मङ्गलबार पुष्टि गरेको छ । 

स्थानीय प्रशासनका अनुसार उक्त घरको भग्नावशेषमा अन्य केही व्यक्ति फसेको आशङ्का गरिएको र उनीहरूको उद्धारका लागि विभिन्न समूहले घटनास्थलमा काम गरिरहेका छन् ।
 
राइगढको काजलपुरा क्षेत्रमा रहेको अग्लो घर सोमबार एक्कासी भत्किँदा त्यहाँ रहेका दर्जनौँ व्यक्ति भग्नावशेषमा फसेका थिए । तत्काल स्थानीय तथा सरकारी अधिकारीसहितको उद्धार टोली घटनास्थल पुगी केही व्यक्तिलाई सकुशल उद्धार गरेका थिए । 

एनडीआरएफ, स्थानीय प्रशासन तथा स्थानीय नागरिक घटना लगत्तै उद्धारमा खटिएका थिए । घटनास्थलबाट मङ्गलबार तीन पुरूष र एक महिला गरी चार जनालाई मृत अवस्थामा निकालिएको छ भने एक बालकलाई घाइते अवस्थामा उद्धार गरिएको छ । 

घटना लगत्तै संघीय गृहमन्त्री अमित शाहले एनडीआरएफका महानिर्देशकलाई फोन गरी तत्काल उद्धार टोलीलाई घटनास्थलमा पठाउन निर्देशन दिनुभएको थियो । घटनामा मृत्यु भएका व्यक्तिहरूप्रति दुःख व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्रीको कार्यालयल ट्वीटरमार्फत जारी शोक सन्देशमा भनिएको छ, “महाराष्ट्रको राइगढमा भवन भत्किँदा भएको घटनाले हामीलार्ई दुःखी बनाएको छ । यस घडीमा मृतकका आफन्तप्रति समवेदना । घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना ।” 

 स्थानीय अधिकारी तथा एनडीआरएफका टोली घटनास्थलमा पुगी उद्धार कार्यमा सहभागी भइसकेका पनि उक्त शोक सन्देशमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ