arrow

भारतीय कांग्रेसमा गान्धी परिवारको नेतृत्व संकटमा

logo
प्रकाशित २०७७ भदौ १० बुधबार
sonia-rahul.jpg

काठमाडौं । भारतीय कांग्रेसले सन् २०१४ को लोकसभा चुनावमा हार व्यहोरेको थियो । सन् १९९८ देखि सोनिया गान्धी पार्टी अध्यक्ष रहँदै आएकी थिइन् ।

त्यसपछि सन् २०१७ मा सोनियाले आफ्नै छोरा राहुल गान्धीलाई पार्टीको अध्यक्षमा नियुक्त गरेकी थिइन् । तर सन् २०१९ को लोकसभा चुनावमा पनि हार व्यहोरेपछि राहुलले पदबाट राजीनामा दिएका थिए । 

अन्तरिम अध्यक्ष सोनिया गान्धीले नेतृत्व सम्हालेको एक वर्ष गत अगष्ट १० मै सकिएको छ । एक वर्षभित्रै अध्यक्ष बनाउने गरी उनले अन्तरिम अध्यक्ष सम्हालेकी थिइन् । 

गत वर्षको निर्वाचनमा पराजित भएपछि तत्कालीन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका थिए । 

राहुलको नेतृत्वमा पार्टीले लोकसाभा चुनाव हारेपछि उनले राजीनामा दिएका थिए । कार्यकर्ता भने कांग्रेस सम्हाल्ने हैसियत गान्धी परिवारमा मात्र रहेको भन्दै राहुल वा प्रियंका गान्धीलाई बनाउन माग गरेका छन् । 

उनीहरुले अरु कसैमा कांग्रेस चलाउने हिम्मत नभएको बताएका छन् । उनीहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भिड्ने एकमात्र कांग्रेस नेता राहुल भएको पनि बताएका छन् । 

एक थरिले भने गान्धी परिवारबाट बाहिर गए कांग्रेस फुट्ने बताएका छन् । 

१३५ वर्ष पुरानो कांग्रेसको इतिहासमा ३८ वर्षसम्म जवाहरलाल नेहरु–महात्मा गान्धी परिवारका सदस्यहरु नै अध्यक्ष बनेका छन् । 

सोनियाले विभिन्न समयमा गरी २० वर्ष पार्टीको नेतृत्व सम्हालिसकेकी छिन् । सोनियाको अन्तरिम कार्यकाल एक वर्ष पुगेपछि पार्टीका २३ नेताले एक चिठ्ठी लेख्दै उनलाई अध्यक्ष पदबाट राजीनामा दिन माग गरे । 

त्यसपछि पार्टी अध्यक्षका लागि कांग्रेसमा तनाब उत्पन्न भएको छ । अहिले राहुल नै पार्टी अध्यक्ष फेरि भए भने कुरा अर्कौ हुने देखिएको छ ।

यद्यपि राहुल र सोनिया बाहेक अर्को नेतालाई राहुलले अध्यक्षका लागि सिफारिस गर्छन् भने कांग्रेसभित्रकै अर्को नेता पनि अध्यक्षका लागि चुनाव लड्ने सम्भावना देखिएको छ ।

अहिले सोनिया अध्यक्ष भए पनि पार्टीमा ७० प्रतिशत राहुलकै कुरा मान्य हुँदै आएको छ । कांग्रेस पार्टी अध्यक्षका लागि कांग्रेस कार्यसमिति हुन्छ र यसले चुनाव गरेर अध्यक्ष मनोनित हुन्छ । 

कार्यसमितिमा केहि सदस्य चुनाव जितेर आएका हुन्छन् र केही अन्य तरिकाले राखिएका हुन्छन् । यसअघि राहुल निर्विरोध अध्यक्षमा मनोनित भएका थिए ।

अहिले राहुल न आफु अध्यक्ष भइरहेका छन् न अरुलाई हुन दिइरहेका छन् । राहुल आफै अध्यक्ष हुन चाहे भने उनलाई कसैले छेक्न नसक्ने पार्टीकै शिर्ष नेताहरु बताउँछन् ।

तर, राहुलले आफु अध्यक्ष नबनेर आफु खुसीको व्यक्तिलाई बनाउन खोज्छन् भने असन्तुष्ट नेताहरुबीचकै एक अर्का नेता पनि अध्यक्षका लागि उठ्ने छन् ।

त्यसमा गुलाम नबी आजादको सम्भावना बढी रहेको छ । अहिले कांग्रेस ६ महिना पर्खिने त्यसबीचमा विविध विवादहरुलाई सुल्झ्याउने र त्यसपछि अध्यक्षका लागि चुनाव गर्ने निर्णयमा छ ।

यदि सबै विवादहरु बाटो लागे र राहुलनै अध्यक्ष भए भने कुरा बेग्लै छ । तथापि उनले आफु निकट वा परिवारकै अन्य कसैलाई अध्यक्ष बनाउँन खोजे भने असन्तुष्ट पक्षबाट बलियो मानिएका गुलाम नबी आजाद अध्यक्षका लागि उठ्ने सम्भावना बढी रहेको छ ।

यसो भयो भने असन्तुष्ट पक्ष बलियो बनेमा कांग्रेसले गान्धी नेतृत्व गुमाउन सक्ने सम्भावना समेत रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ