arrow

किमलाई दुई कुराको चिन्ता, तयारीमा रहन गरे अपिल

logo
प्रकाशित २०७७ भदौ १० बुधबार
Kim_Jong_UN.jpg.jpeg

सोल । उत्तर कोरियाका नेता किम जोङ उनले कोरोनाभाइरस र आँधी विरुद्ध लड्न तयारी अवस्थामा रहन सबैलाई आह्वान गरेका छन् । 

तेस्रो उच्चस्तरीय सम्मेलनमा निकै कमै सहभागी हुने नेता उनले देशमा कोरोनाभाइरसको संक्रणले महामारीको रुप लिने खतराको संकेत देखिएको भन्दै तयारी अवस्थामा रहन अपिल गरेका हुन् । 

उनले बिहीबार देशमा आँधी आउने पुर्वानुमान समेत गरिएको जानकारी पनि मंगलबार दिएका थिए । 

सत्तारुढ दल वर्कर्स पार्टीको सो बैठकमा उनले उनपेक्षित चोट पुग्न सक्ने चिन्ता पनि व्यक्त गरेका थिए । 

दुवैका विरुद्धमा सरकारले पनि आफ्नो तर्फबाट तयारीहरु गरिरहेको उनले बताएको उत्तर कोरियाको आधिकारिक समाचार संस्थाले बुधबार समाचार संप्रेषण गरेको छ । 

उनले आँधीका कारण हुने क्षती न्युनिकरणका लागि तत्काल पर्याप्त तयारी र प्रयासहरु गर्न पनि आग्रह गरेका छन् । 

अत्यधिक बर्षा र बाढीका कारण ठूलो क्षती भएको एक हप्तामै उत्तर कोरियामा अर्को क्षती हुनेगरी आँधी आउन लागेको हो । 

दुवै घटनाले देशको अर्थतन्त्रमा धेरै नकारात्मक असर पर्ने पनि नेता किमले चिन्ता व्यक्त गरेको समाचारमा जनाइएको छ । 

कोरोना र आँधीसँग जुद्नका लागि सवै तह र क्षेत्रमा पार्टी र सरकारको तर्फबाट विभिन्न संयन्त्रहरु बनाउन पनि उनले निर्देशन दिएका छन्  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ