arrow

श्रीमतीको कुरा सुन्न दर्शक दिर्घामा बसे ट्रम्प, सामाजिक दुरी र मास्कको बेवस्ता

महामारीलगायतका चुनौतीहरुको समाधान नगरी ट्रम्पले विश्राम नलिने

logo
एपी,
प्रकाशित २०७७ भदौ १० बुधबार
melania-speech.jpg

वासिङ्टन । अमेरिकी प्रथम महिला मेलानीया ट्रम्पले कोरोनाभाइरसबाट संक्रमित भएका परिवारजनप्रति सहानुभूति व्यक्त गरेकी छन् । 

कोरोनाभाइरसले सृजना गरेको सङ्कटपूर्ण यस चुनौतीलाई सबै अमेरिकीले मिलेर सामना गर्नुपर्नेमा पनि उनले जोड दिइन् ।

रिपब्लीकन पार्टीको राष्ट्रिय सम्मेलनलाई मङ्गलबार राती सम्बोधन गर्दै उनले सबै अमेरिकीहरु एकजुट भएर लडियो भने यस्ता सबै चुनौतीहरुलाई सामना गर्न सकिने अठोट व्यक्त गरिन् ।   

कोरोनाभाइरसको महामारीलगायतका चुनौतीहरुको समाधान नगरी आफ्ना पति तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्राम नलिने पनि उनले बताइन् । 

श्रीमती ट्रम्पले मानवताको सुन्दर पक्षका बारेमा चर्चा गर्दै प्राकृतिक प्रकोपलगायत चुनौतीहरुका बारेमा सचेत हुनुपर्ने बेला भएकोमा जोड दिएकी थिइन्। 


ह्वाइट हाउसको रोज गार्डेनबाट भएको उनको सम्बोधन सुन्नका लागि राष्ट्रपति ट्रम्प आफ्ना समर्थकहरुसँगै दर्शक दिर्घामा बसेका थिए  । 

कोरोनाभाइरसको संक्रमण सर्न नदिनका लागि कम्तीमा पनि छ फिटको सामाजिक दुरी कायम गर्नु पर्ने चिकित्सकहरुको सिफारिस रहेपनि सो कार्यक्रममा दर्शकहरु बस्ने ठाउँमा दुई फिटको मात्रै दुरी कायम गरिएको थियो । 

कार्यक्रममा सहभागी अधिकांश पारिवारिक सदस्य तथा साथीहरुले मास्क समेत लगाएका थिएनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ