arrow

भारतमा संक्रमितको संख्या ३२ लाख नाघ्यो

logo
एएनआइ,
प्रकाशित २०७७ भदौ १० बुधबार
corona-india-test1.jpg

नयाँ दिल्ली । भारतमा एकै दिनमा ६७ हजार १५१ जना कोरोना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३२ लाख नाघेको छ । गत २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण १ हजार ५९ जनाको मृत्यु भएको केन्दिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । 

भारतमा कोरोना भाइरस संक्रमतिको कुल संख्या ३२ लाख ३४ हजार ४७५ पुगेको छ । ती मध्ये हाल सात लाख ७ हजार २६७ जनामा हाल पनि संक्रमित अवस्था रहेका छन् । 

हाल संक्रमित अवस्थामा रहेका ती व्यक्तिहरुको शाररिक अवस्थाअनुसार अस्पताल र घरमा  क्वारेन्टाइनमा बसेर   उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । हालसम्म भारतमा २४ लाख ६७ हजार ७५९ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ ।

कोरोना संक्रमण शुरु भएयता भारतमा यस रोगबाट  ५९ हजार ४४९ जनाको मृत्यु भएको छ ।  भारतको महाराष्ट्र राज्यमा १ लाख ६६ हजार २३९ कोरोना पोजेटिभ अवस्थामा रहेका छन् ।  भारतको अरु राज्यमा तुलना महाराष्ट्र सब भन्दा बढी प्रभावित राज्यको रुपमा रहेको छ । 

त्यसैगरी दोस्रो स्थानमा आन्ध्र प्रदेश रहेको छ । यहाँ ८९ हजार ९३२ जनामा अहिले पनि कोरोना भाइरस संक्रमण अवस्थामा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ