arrow

पुटिनका आलोचक नाभाल्नीलाई कसरी बिष खुवाइयो अनुसन्धान शुरू

logo
प्रकाशित २०७७ भदौ ११ बिहिबार
navalnay.jpg

मस्को । रूसी प्रहरीले राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा विपक्षी नेता नाभाल्नीको अस्वस्थताको कारण खोज्न बिहीबार प्रारम्भिक अनुसन्धान सुरु गरेको रूसी प्रशासनिक केन्द्र क्रेमलिनले जानकारी गराएको छ ।

जर्मनीका चिकित्सकहरूले रूसी विपक्षी नेता नाभाल्नीलाई बिषाक्त पदार्थ सेवन गराइएको हुनसक्ने बताइरहेका समय रूसी प्रहरीले नाभाल्नी विमान चढ्नुपूर्वको अस्वस्थताबारे छानवीन सुरु गरेको हो । 

प्रहरीले घटनालाई आपराधिक मुद्दा अन्तर्गत अनुसन्धान सुरु गर्ने वा नगर्ने विषयमा प्रमाणका आधारमा अघि बढ्ने बताएको छ । 

साइबेरियाको यातायात प्रहरीले नाभाल्नी कसरी विरामी भएका हुन् भन्नेबारेमा ‘प्रारम्भिक छानवीन’ गरेको हो । 

एक हप्ता पहिले नाभाल्नी साइबेरियाली शहर टम्स्कबाट मस्कोका लागि उडेको केही बेरमा स्वासप्रस्वासमा असजिलो भएको बताएको केही बेरमा बेहोस भएका थिए। त्यसपछि विमानलाई बिचमा नै आपतकालीन अवतरण गरी ओम्सकस्थित अस्पताल भर्ना गरिएको थियो ।  

विपक्षी नेताका प्रवक्ता तथा पारिवारिक स्रोतले उनले विमान चढ्नु पहिले चिया लिएको र त्यसैमा विषाक्त पदार्थ मिसाइएको आशङ्का गरेका छन् । 

तर रूसी चिकित्सकले उनलाई विषाक्त पदार्थ सेवन गराइएका केही सङ्केत नभेटिएको जनाएका थिए । नाभाल्नीको परिवारको माग अनुसार उनलाई अहिले जर्मनी लगिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ