arrow

विश्वभर एक करोड ७० लाख भन्दा बढी कोरोना संक्रमितलाई निको, कहाँ कति ? 

logo
प्रकाशित २०७७ भदौ १२ शुक्रबार
corona-world.jpg

काठमाडौं । विश्वभर एक करोड ७० लाख ७८ हजार कोरोना भाइरसका संक्रमितलाई निको भएको छ । विश्वभर २ करोड ४६ लाख ६ हजार मानिस संक्रमित भएकामा निको हुनेहरु एक करोड ७० लाख ७८ हजारलाई निको भएको हो । 

बिहीबार २ लाख ६३ हजार भन्दा बढी नयाँ संक्रमित थपिए । अमेरिकामा ६० लाख ४६ हजार भन्दा बढी संक्रमित हुँदा ४६ हजार बढी नयाँ संक्रमित थपिए । ११ सय ४३ जनाको ज्यान जाँदा कुल मृतक १ लाख ८४ हजार ७९६ भएका छन् । ३३ लाख ४७ हजार ९४० जनालाई निको भएको छ । 

दोस्रो स्थानको ब्रजिलमा ४२ हजार ४८९ संक्रमित थपिएर ३७ लाख ६४ हजार ४९३ पुगेका छन् । ९७० जनाको ज्यान गएसंगै कुन मृतक १ लाख १८ हजार ७२६ पुगेका छन् । २९ लाख ४७ हजार २५० जनालाई निको भएको छ । 

तेस्रो स्थानको भारतमा बिहीबार अहिलेसम्मकै सबैभन्दा बढीलाई संक्रमण भएको छ । बिहीबार ७६ हजार ८२६ जना संक्रमित थपिएर अहिलेसम्म ३३ लाख ८४ हजार ५७५ जना पुगेका छन् । 

मृतक १ हजार ६५ थपिएर ६१ हजार ६९४ पुगेका छन् । भारतमा २५ लाख ८३ हजार ६३ जनालाई निको भएको छ । भारतमा ७ लाख ३९ हजार ८१८ जना सक्रिय संक्रमित रहेका छन् । जसमा ८ हजार ९४४ जनाको स्वास्थ्य गम्भीर छ । भारतले ३ करोड ८५ लाख ७६ हजार ५१० वटा परीक्षण भएको छ । 

नेपाल विश्वको ६४ औं स्थानमा रहेको छ । बिहीबार १ हजार १११ जना संक्रमित थपिएर ३५ हजार ५२९ जना पुगेका छन् । 

८ जनाको ज्यान गएर मृतक १८३ पुगेका छन् । २० हजार ७३ जनालाई निको भएको छ भने १५ हजार २७३ सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म नेपालमा ६ लाख ४७ हजार ८८१ वटा पीसीआर परीक्षण भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ