arrow

सोनियालाई पत्र लेख्ने अजादले भने- तत्काल निर्वाचन नभए काँग्रेस ५० वर्षसम्म प्रतिपक्षमा

logo
एएनआई,
प्रकाशित २०७७ भदौ १२ शुक्रबार
aazad-sonia1.jpg

नयाँदिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसमा नेतृत्वको विषयलाई लिएर विवाद चर्किदै गएको छ । पार्टीको एउटा समूहले तत्काल गान्धी परिवारभन्दा बाहिरबाट नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएको छ भने अर्को पक्षले गान्धी परिवारकै नेताले पार्टीको नेतृत्व गर्नुपर्ने अडान लिएका छन् । 

नेतृत्व चयन गर्न केहीदिन अगाडि बसेको केन्द्रिय समितिको बैठक पनि अनिर्णित हुदै सकिएपछि थप पार्टी भित्र निराशा बढेको पाइएको छ । पार्टीलाई तत्काल पूर्णकालिन र देखिने नेतृत्वको आवश्यकता रहेको बताउदै आएका वरिष्ठ नेता गुलाम नवी अजादले पार्टीमा तत्काल निर्वाचन नभए काँग्रेस ५० वर्ष प्रतिपक्षमा रहने बताए । 

असन्तुष्टि व्यक्त गर्दै पार्टीकी अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई केही दिन पहिले पत्र लेख्ने नेताहरु मध्यका एक अजादले पार्टी भित्र तत्काल नेतृत्वको आवश्यकता रहेकोमा फेरी जोड दिएका थिए । निर्वाचित संरचना पार्टीमा बन्यो भने मात्रै त्यसले संगठन निर्माण र परिचालन गर्न सक्ने र निर्वाचनमा पनि राम्रो नतिजा उनको भनाई छ ।

तत्कालिन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएपछि भारतीय काँग्रेस अहिले अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा चल्दै आएको छ । गत सोमबार बसेको केन्द्रीय समितिको बैठकमा नयाँ नेतृत्वका बारेमा छलफल भएपनि चयन गर्न नसकेकाले अर्को अध्यक्ष चयन नहुन्जेलसम्मका लागि गान्धीले नै अन्तरिम अध्यक्षको रुपमा पार्टीको नेतृत्व गर्ने भएकी छन्।  नयाँ अध्यक्ष चयन हुनका लागि छ महिनादेखि एक बर्षसम्म लाग्न सक्ने नेताहरुले बैठकमा बताएका थिए । 

भारतीय काँग्रेसमा अझै पनि धेरै नेता तथा कार्यकर्ताहरुले राहुल गान्धीलाई नै अध्यक्ष बनाउनु पर्नेमा जोड दिएका छन् भने उनले अस्विकार गर्दै आएका छन्। गएको आम निर्वाचनमा पार्टीलाई सवैभन्दा धेरै निर्वाचन क्षेत्रबाट जिताउन नसकेपछि नैतिक जिम्मेबारी लिदै उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । 

उनले दिएको राजीनामा केही समय अस्विकृत हुदै उनलाई नै अध्यक्षमा कायम गर्नुपर्ने माग उठिरहेपनि उनले अस्विकार गरेपछि पार्टीकी पूर्व अध्यक्ष सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाइएको हो ।
 
उनलाई सन् २०१९ को अगस्ट १० तारिखका दिन केही समयका लागि भनेर अन्तरिम अध्यक्ष बनाइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ