arrow

शिशिर याममा जर्मनीमा कोरोना महामारीको थप चुनौती

logo
प्रकाशित २०७७ भदौ १२ शुक्रबार
german-chancellor-angela_-merkel.jpg

बर्लिन । आउँदो शरद र शिशिर यामका महिनाहरूमा कोरोनाभाइरसविरूद्धको लडाई थप चुनौतीपूर्ण हुनसक्ने जर्मनीका चान्सलर एन्जेला मर्केलले शुक्रवार बताएकी छन् । 

“गर्मीमा भन्दा आगामी केही महिना महामारीले थप चुनौती सिर्जना गर्ने देखिएको छ,” मर्केलले भनिन् । “हामी सबैले ग्रीष्म ऋतुमा मौसमका कारण तुलनात्मक रूपमा केही स्वतन्त्रता र सापेक्षिक सुरक्षाको आनन्द उठायौँ, जुन जीवन न्यानोमा सम्भव छ,” चिसो हावाबाट फैलिने सूक्ष्म कणहरूलाई सङ्केत गर्दै उहाँले भनिन् । 

जर्मनीका १६ संघीय राज्यहरूका नेताहरूसँग शुक्रबार छलफल गरेपछि उहाँको महामारी आगामी दिनमा थप जटिल हुनसक्ने धारणा आएको हो । 

“हामीले यस भाइरसको साथ लामो समय सम्म बाँच्नुपर्नेछ । यो अझै गम्भीर अवस्थामा रहेको छ अर्थात् नियन्त्रणमा आउन सकेको छैन । कृपया यसलाई गम्भीरतापूर्वक लिनुहोस्,” मर्केलले भनिन् । 

जर्मनीमा मङ्गलबार थप एक हजार ५७१ संक्रमित भएसँगै कूल संक्रमितको सङ्ख्या दुई लाख ३९ हजार ५०७ पुगेको रोबर्ट कोच इन्स्टिच्युटले बताएको छ । जर्मनीमा हालसम्म नौ हजार २८८ कोभिड–१९ संक्रमित व्यक्तिको मृत्यु भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ