arrow

नोबेल पुरस्कार विजेता मुक्वेगेलाई ज्यानमार्ने धम्कीको छानबिन गर्न संयुक्त राष्ट्रसंघको आग्रह

logo
प्रकाशित २०७७ भदौ १२ शुक्रबार
Dr-Mukwege-podcast1.png

जेनेभा । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखले नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुक्वेगेलाई आएको ज्यान मार्ने चेतावनीविरूद्ध तत्काल छानविन गर्न आग्रह गरेका छन् । उक्त घटनासँग सम्लग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रजातान्त्रिक गणतन्त्र कङ्गोलाई शुक्रबार उनले आग्रह गरेका हुन् ।

“उनको जीवन गम्भीर जोखिममा रहेको देखिन्छ,” राष्ट्रसंघ मानव अधिकार मामिला प्रमुख मिशेल बाचेलेटले एक विज्ञप्तिमार्फत् कङ्गोको सरकारलाई ध्यााकर्षण गराएका छन्। उनले यस घटनाको निष्पक्ष छानबिन गर्न पनि आग्रह गरे । 

सन् २०१८ मा युद्धका समय यौन हिंसाविरूद्ध गरेको कामका लागि नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल मुक्वेगेले गत जुलाइमा आफू र आफन्तमाथि ज्यानमार्ने चेतावनी आएको राष्ट्रसङ्घलाई जानकारी गराउनुभएको बताइएको छ । 

पूर्वी कङ्गोको झगडाग्रस्त दक्षिण किवुमा १८ व्यक्तिको नरसंहारको निन्दा गर्दै एउटा ट्वीट पठाएपछि आफूलाई ज्यानमार्ने धम्की आएको उनले बताए । 

आन्तरिक सुरक्षा, न्याय र न्याय मन्त्रीहरू र अन्य निकायले पेशाले चिकित्सकसमेत रहेका मुक्वेगेको सुरक्षा सुनिश्चित गर्न सबै उपायहरू अवलम्वन गरिने राष्ट्रपति फेलिक्स सिसेकेदीले गत हप्ता आश्वासन दिएका थिए । 

राष्ट्रपतिले सार्वजनिक गरेका टिप्पणीहरूको स्वागत गर्दै मुक्वेगे र उनको टोलीलाई आफ्नो कामलाई निरन्तरता दिइराख्ने वातावरणको निर्माण हुनेमा बचेलेटले विश्वास व्यक्त गरे । 

उनले नोबेल पुरस्कार विजेता मुक्वेगेलाई ‘एक सच्चा नायक’ भन्दै राष्ट्रपतिद्वारा सुरक्षाका लागि आएको सार्वजनिक अभिव्यक्तिको स्वागत गरे । 

मुक्वेगेलाई यस पहिले पनि पटक पटक मार्ने धम्की आएको बताइएको छ । उन सन् २०१२ अक्टुबरमा भएको हत्या प्रयासबाट बच्न सफल भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ